News Category 2076/03/14
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित

राजविराज÷राजबिराजमा संचालित महिला क्रिकेट प्रिमियर लिग प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा खडकले राजबिराज सिस्कालाई ७ रनले पराजित गरेको छ ।
खडकका कप्तान सरस्वती चौधरीले टस जिती पहिलो ब्याटिंग गर्न ओर्लेकोमा निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय १० रनको योगफल तयार पारेको थियो ।
खडकका लागि कप्तान सरस्वती चौधरीले ३६, काजल श्रेष्ठले २० तथा कविता गौतमले १८ रन बनाएकी थिइन् । यता बलिङतर्फ राजबिराज सिस्काका तर्फबाट सबनम राईले ४ ओभरमा २० रन दिई २ बिकेट तथा नेरि थापा, सम्झना खडका र अस्मीना कर्मचार्यले सामान १ बिकेट लिएका थिए ।
यता १ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ९ बिकेट गुमाई १ सय ३ रनमै सीमित हुन पुग्यो । राजबिराजका लागि कप्तान नेरि थापाले उत्कृष्ट पारि खेल्दै ४९ बनाए पनी टिमलाई जिताउन सकिनन् । उनी ९ औं बिकेटको रुपमा पिचबाट बाहिरिएकी थिइन् ।
यस्तै बलिङ तर्फ खडकका कविता गौतमले घातक बलिंग गर्दै ४ ओभरको आफनो स्पेलमा १८ रन दिई ४ महत्वपुर्ण ४ बिकेट लिएका थिए । कविता बाहेक सन्तोषि चौधरी, सरस्वती चौधरी र रश्मी शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडकका कविता गौतम भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ