News Category 2076/03/15
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
राजबिराजमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार सम्पन्न अन्तिम खेलमा सुरुङ्गा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा पुगेको खडकले सोमबार सुरुङ्गासँग उपाधीका लागि अन्तिम प्रतिष्पर्धा गर्नेछ ।
आइतबार सम्पन्न अन्तिम लिग खेलमा सुरुङ्गाले टस जिति ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेको थियो ।
सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्धतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिएका थिए ।
यता बलिङतर्फ राजबिराजकी नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले १÷१ बिकेट लिएका थिए ।
१ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिएको थियो ।
राजबिराजलाई सस्तोमा समेट्न सुरुङ्गाका अफसरी बेगमले आर्कषक बलिङ गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ बिकेट लिएका थिए भने सोमु बिष्ट र निशा साहले १÷१ बिकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच सुरुङ्गाकी अफसरी बेगम भएका थिए ।
सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन सँगको सहकार्यमा सबल नेपालद्वारा असार १३ गतेदेखी सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता संचालनमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ