News Category 2076/03/15
सुरुङ्गा र खडक महिला प्रिमियर लिगको फाइनलमा भिड्ने
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
राजबिराजमा संचालित सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता अन्र्तगत आईतवार सम्पन्न अन्तिम खेलमा सुरुङ्गा नगरपालिकाले राजबिराज सिस्कालाई ३४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा पुगेको खडकले सोमबार सुरुङ्गासँग उपाधीका लागि अन्तिम प्रतिष्पर्धा गर्नेछ ।
आइतबार सम्पन्न अन्तिम लिग खेलमा सुरुङ्गाले टस जिति ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १८ रनको योगफल तयार पारेको थियो ।
सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा ४ चौक्काको मद्धतले ३८ तथा रोमा थापाले ३८ बलमा ४ चौक्काको मद्दतले ३५ रनको योगदान दिएका थिए ।
यता बलिङतर्फ राजबिराजकी नेरी थापाले २ तथा अस्मिना कर्मचार्य र कविता जोशिले १÷१ बिकेट लिएका थिए ।
१ सय १९ रनको चुनौति लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ७ बिकेटको नोक्सानीमा ८४ रनमै समेटिएको थियो ।
राजबिराजलाई सस्तोमा समेट्न सुरुङ्गाका अफसरी बेगमले आर्कषक बलिङ गर्दै ४ ओभरमा १२ रन दिई महत्वपुर्ण २ बिकेट लिएका थिए भने सोमु बिष्ट र निशा साहले १÷१ बिकेट लिएका थिए । सो खेलको म्यान अफ द म्याच सुरुङ्गाकी अफसरी बेगम भएका थिए ।
सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन सँगको सहकार्यमा सबल नेपालद्वारा असार १३ गतेदेखी सप्तरी महिला प्रिमियर लिग प्रतियोगिता संचालनमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ