News Category 2076/04/11
भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने
दैनिक समाचारदाता
काठमाडौं, १० साउन ।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपि शर्मा ओलीले आ–आफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे कार्यक्रम रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिएको हो ।
पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।
पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् ।
यसैगरी अन्य आवश्यक तयारी गर्न गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमलाई पत्र पठाईएको उनले जानकारी दिइन् । उता भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाईपलाईन सुरक्षा प्रबन्ध सुरु गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट सुरक्षा जाँचपासका साथै पेट्रोलियम पाईपलाईन सञ्चालनको सहमति प्राप्त गरिसकेको दूतावासको भनाइ छ ।
भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो ।
पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ