News Category 2076/09/22

नैतिकताको खडेरी सँगै मानवता माथि प्रहार  

दैनिक समाचारदाता

नैतिकताको खडेरी सँगै मानवता माथि प्रहार  

अमरनाथ मण्डल
    मानव सभियतामा नैतिकताको महत्वपूर्ण स्थान र सन्दर्भ रहन्छ । हरेक क्षेत्र, हरेक समुदाय तथा हरेक स्तरमा नैतिकताको सबाल अहिले बढि उठिरहेको प्रश्नहरुमा नेपालको अर्थतन्त्र, प्रशासनतन्त्र, राजनैतिकतन्त्र लगायत हरेक तन्त्रमा भ्रष्टाचार, कुशासन, पक्षपात, विभेदीकरणको सिकार, नेपाली जनता र नेपालका आदीबासी, जनजाति, मधेशी, दलित, पिछिडिएका वर्ग लगायत महिला, युवाहरुले भोगिरहेका छन् । सन्दर्भको क्रममा राष्ट्रको लोकसेवा आयोगको निजामति कर्मचारी होस्, शिक्षाको क्षेत्र होस, स्वास्थ्यको क्षेत्र होस, विकासको क्षेत्र होस लगायत क्षेत्रहरुमा व्यापक भ्रष्टाचार अनियमितता र पक्षपातको केन्द्रविन्दु बन्दै गईरहेको नेपालमा नियन्त्रण र अनुमगन तथा रोकथाम गर्ने निकायहरुको सरकारपक्षबाट ठोस र सबल नियन्त्रण सरकारी निकायहरुको अभावका कारण यी कुशासनहरुको दिन प्रतिदिन उन्नती हुनु समाज, राष्ट्रिय, देशको हितमा नभई रहेको ठहरको साथ यसले व्यापक अर्थतन्त्र लगायत अन्य तन्त्रहरुमा प्रत्यक्ष असर पारिरहेको सन्दर्भमा महँगी भ्रष्टाचार, बेरोजगार, विदेशी ऋणको भार नेपाली अर्थतन्त्रको तहनहस भईरहेको हामी सामु सर्वविदितै नै रहेको छ । 
    सामाजिक कुरुतिमा बाझिएका नैतिकता हामीले हेर्दा खेरी अहिले हाम्रो समाजमा नैतिकताको परिपाटी माथि ठूलो प्रहार भईरहेको देखिएको अवस्था रहेको छ । समाजमा बोक्सी प्रथा, दाइजोको प्रथा, बहुविवाहको प्रथा, लगायत सामाजिक विकृतिहरुको कारणले गर्दा समाज भित्र रहेका मानव संकारलाई दिन प्रतिदिन अघात पु¥याई रहेको छ । जनचेतना तथा जनभावनालाई सार्वजनिककरणको अवभावका कारण जिम्मेवारी बोकिएका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सक्रियतापनमा ठूलो खाँचोको अभावले गर्दा यी प्रथाहरु दिन प्रतिदिन समाजमा ठूलो क्यान्सरको रुपमा विकराल बन्दै गईरहेको छ । जसको कारण दाइभाईको लडाई, आमा, छोरा, श्रीमान, श्रीमतीको बीचमा विभेदीकरण जसको प्रत्यक्ष प्रमाण अहिले सप्तरीका मात्र होइन । नेपालका बढीजसो जिल्ला अदालत, पुनरावेदन अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयहरुमा मुद्दा र उजुरीको ठूलो फाइलहरु देखा परिरहेका छन् । प्रगतिको पथ र आधुनिकरण विकासको निर्माणमा सामाजिक विकासको महत्वपूर्ण स्थान रहेको स्थानमा सामाजिक पक्षहरु कुरुतिहरुसँग दिनप्रतिदिन बाँझिरहेको कारण सामाजिक विकास फड्को मारिरहेको छैन । जसको कारण हामी जुन अवस्थामा थियो । अहिले पनि त्यही अवस्थामा रहेको देखिन्छ । 
    गैर सरकारी संस्था एनजिओ, आईएनजिओ लगायत स्थानीय जनप्रतिनिधिहरुको सक्रियता पहलमा ठूलो खाँचो देखिएको कारण ग्रामिण क्ष्ोत्रमा साना जालझेल लगायत विवादहरु सदरमुकामको जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा अदालतसम्म पुग्ने गरेको छ । विवादलाई निराकरण गर्नुको साटो केही समयको आफ्नो फाइदाको लागि मान्छे मान्छेको बिचमा उकुसमुकुस गरी एक अर्का बिच लड्ने लडाउने मनस्थितिको सृजना गर्ने गैर राजनीतिकपन समाजमा हावी भईरहेका छन् । बोक्सी प्रथाजस्तो गैर अमानवीय कपिकलपित प्रथालाई उजागर गरी मानव संस्कार माथि प्रहार गरी मानवलाई उत्पीडन गर्ने माध्यम बनाईरहेको अवस्थामा स्थानीय जनप्रतिनिधि तथा सरकारी गैर सरकारी संघ संस्थाहरुले सक्रियताको खाँचाको कारण तथा प्रशासनिक पक्षबाट पीडित पक्षले पाउनु पर्ने न्यायको खाँचोको कारण अपराधीहरु उम्कन सफल भईरहेको देखिन्छ । हाम्रो समाजमा लैंगिक समानताको भाषण गर्ने नेता र पार्टीहरु तथा उन्मुलन नियन्त्रण गर्ने ठिक्का लिएका गैर सरकारी एनजिओ र आईएनजिओहरुले नियन्त्रणको नाममा आएका लाखौं लाख बजेटलाई दुरुपयोग गरी साधारण गोष्ठी र समिनार गरी पचाउने गरेको देखिएको अवस्थामा राज्य पक्षले अनुगमन र निरिक्षणरस् गर्ने तदरुकता नदेखाएको सन्दर्भमा अहिले विकृतिहरु अगाडी बढिरहेका छन् । त्यस्तै छोरा र छोरीको समान अधिकार राज्यले पनि छुट्याई दिएको अवस्थामा छोरा छोरीको विभेद सामाजिक विकृति भएकोले यो विकृतिको अन्त्य हुनुपर्ने तथा छोरालाई शिक्षाको हक मात्र नभई छोरीलाई पनि शिक्षाको हक पाउनुपर्ने आवाजहरु सर्वत्र उठिरहेको बेला प्रदेश २ बाट छोरीलाई पढाउ र छोरी बचाउँ अभियानको सन्दर्भमा पनि बजेट मात्र खर्च हुने गरेको देखिन्छ । 
    राज्यको हिंसेदारीमा जातीय विभेदीकरणको अन्त्य हुनुपर्ने र नेपालको कुनै पनि जातजातीय भाषाभाषी लिंगहरुको समान हक अधिकार रहेको अवस्थामा गैर राजनैतिक अवधारणाहरुका कारण अहिले पनि मधेशी, आदीबासी, मुस्लिम, दलित, महिलाहरुले विभेदीकरणको सिकार बन्नु परिरहेको देखिएको छ । विभेदीकरणको अन्त्यको नाउँमा राजनैतिक दलहरुले आफ्नो घोषणा पत्रहरुमा ठूला ठूला भाषण गरेपनि राज्यमा विभेदीकरणको अन्त्यमा सक्रिय पहल नभएको ठहर गरिएको अवस्था रहेको छ । देशको सबभन्दा विकराल अवस्थाको सृजना बेरोजगार रहेकोले रोजगारको आधार राज्य पक्षले सक्रियता रुपमा नलिएको कारण दिनहुँ युवाहरु विदेश पलायन भईरहेको छ भने बेरोजगार भएको युवाहरु कुसंगतमा परी कतिपय लागु औषधी सेवन गरी युवाहरु आफ्नो क्षमताको विकासमा ह्रासको मनस्थिति सृजना गरिरहेका छन् । जसको परिणाम लागु औषधीको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, पुनरावेदन अदालतहरुमा धेरै जसो युवाहरु मुद्दा खेपिरहेका छन् भने धेरै जसो दण्डको भागीदार भई सजायी भोगिरहेका छन् । 
    मानव समाजमा यी सवालहरु माथि पहल गर्नु तथा सक्रियताको साथ जनचेतना जगाउने लगायत रोकथाम गर्ने सरकारी निकायहरु गैर सरकारी निकायहरुमा व्यापक खाँचो देखिएको अवस्थामा राज्यले यी कुरुतीहरु माथि आवश्यक सक्रियता साथमा सामाजिक विकृतिलाई अन्त्य गर्नुपर्ने अवस्था रहेको छ । समाजका हरेक पक्षले चाहे त्यो राजनीतिक र स्थानीय जनप्रतिनिधि हो चाहे नागरिक समाज होस, सरकारी तथा गैर सरकारी संस्था होस सबैले आफूले बोकेका जिम्मेवारीलाई निष्पक्ष रुपमा निर्वाह गरे भने सामाजिक विकृति र समाजमा परेका असरहरुको अन्त्य नभएपनि न्यूनीकरण हुने विश्वास गरिन्छ । तर जहाँ सबै पक्षमा नैतिकताको खडेरी नै आउँछ । त्यहाँ मानवताको संस्कार माथि ठूलो प्रहार हुन्छ । हाम्रो विकास सामाजिक विकास उत्थान भए भने मात्र सम्भव रहेको अवस्थामा ग्रामिण स्तरबाट नै जनचेतना लगायत अन्य कार्यक्रमहरु गरी दण्डित हुने दण्ड दिने तथा न्याय पाउनेलाई न्याय दिने हरेक पक्षले आफ्नो कर्तव्यबाट विमुख भई सक्रियताको साथमा लाग्यो भने समाजको विकास र विकृतिहरुको अन्त्यमा बेर लाग्ने छैन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट