News Category 2076/09/27
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबारदेखी संचालित मयेर कप २०७६ फुटवल प्रतियोगिताको उद्घाटन खेलमा हिमालय क्लब राजविराज बिजयी भएको छ ।
वडा नं. ८ पोखरीयास्थित खेलमैदानमा शुरु भएको प्रतियोगितामा शम्भुनाथ नगरपालिकालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै राजविराज बिजयी भएको हो ।
खेलको पहिलो हाफको २५ औं मिनेट, दोश्रो हाफको १० औं र १५ औं मिनेटमा राजविराजले गोल गर्दै राजविराज जित हासिल गरेको हो । खेलको २२ औं मिनेटमा शम्भुनाथ नगरपालिकाले सान्त्वना गोल फर्काएका थिए ।
सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल माघ १२ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार र कप हात पार्ने छ भने उपबिजेताले नगद रु. ४५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने जनाएको छ ।
यसअघि खेलकुद संचालक समितिका अध्यक्ष धनिलाल चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कबिताकुमारी सरदार र प्रमुख प्रशासकीय अधिकृत मातृका दंगालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरीयाको आयोजनामा शुरु भएको प्रतियोगिता अन्तर्गत सोमवारको खेल एपीएफ बर्दिबास र सलहेश फुटबल टिम भोटिया टोल लहान सिरहाबीच हुने खेलकुद संचालक समितिका सचिव श्रवणकुमार चौधरीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ