News Category 2076/09/27
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी
दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
राजविराजमा संचालित अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न खेलमा प्रिमियर सेकेण्ड्री स्कुल बिजयी भएको छ ।
सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजबिराज स्थित राजरंगशालामा संचालित सो प्रतियोगितामा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको हो ।
प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारेको थियो । प्रिमियरका लागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्दतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए ।
बलिंगतर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले १÷१ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा १ सय ७२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोज पब्लिकले निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेको थियो । रोज पब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले १÷१ बिकेट लिएक थिए ।
खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्दामलाई क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफि प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ