News Category 2076/10/14
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सप्तरी ११ बर्षिय बाल क्रिकेटर गोलु सिंहलाई सबल नेपालले मंगलबार खेल सामाग्री प्रदान गरेको छ ।
हालै राजबिराजमा सम्पन्न अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरे वापत उनलाई खेल सामाग्रिह प्रदान गरेको सबल नेपालले जनाएको छ ।
सबल नेपालले मुख्य कार्यालय राजबिराजमा आयोजित एक कार्यक्रममा बाल क्रिकेटर गोलु सिंहलाई एक थान ब्याट, एक जोड क स्प्याड, एक जोड ब्याटिंग ग्लब्स, एक थान हेल्मेट, एक थान बल र एक थान गाड प्रदान गरिएको हो ।
सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि ईमरजिंग प्लेयर समेत बन्न सफल भएको उनको परिवारिक अवस्था समेत न्युन भएकोले हौसला प्रदान गर्न खेल सामाग्री बितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिइन् ।
यता सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले बाल क्रिकेटर सिंहको आर्थिक अवस्थामा समेत कमजोर रहेकोले सवैले सक्दो सहयोग गर्नु पर्ने जिकिर गरेका छन् ।
सोही कार्यक्रममा पिसि कम्प्युटर राजबिराजका प्रोपराईटर धर्मेन्द्र यादवले समेत एक थान जर्सि सेट प्रदान गरेका छन् ।
सामाग्रि बितरण कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सबल नेपालकै परमेश्वर झा र अशोक साह तथा जिल्ला बाल क्लब संजाल सप्तरीका पुर्व अध्यक्ष अमर यादव लगायतको उपस्थिती रहेको थियो ।
बाल क्रिकेटर सिंह राजविराजस्थित केशो अनिरुद्धबत्ति माध्यमिक बिद्यालयमा कक्षा ४ मा अध्यनरत छन । उनका बाबु छैनन् भने आमा एक निजि बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ