News Category 2076/10/20
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
अमरनाथ मण्डल
देशमा अहिले ठूलो पार्टी नेकपाको केन्द्रिय कार्य समितिको बैठक चलिरहेको छ । सो बैठकमा केन्द्रिय कार्य समितिका सदस्यहरुले आफ्नो पार्टीका नेताहरुको सम्पत्तिको छानविन हुनुपर्ने माग समुह गत छलफलमा उठाई रहेका छन् । यो स्वभाविक कुरा त्यही पार्टीका कतिपय नेताहरु यस्ता गम्भिर सवालहरुलाई अनदेखा गरी टाल्न बेस्त देखिन्छ । तर नेपालको प्रजातान्त्रिक आन्दोलन देखि लिएर गणतन्त्र स्थापनासम्म नेताहरुको व्यक्तिगत सम्पत्तिमा ठूलो फड्को मारेका छन् । भोलीका हवाई चप्पल लगाउने नेताहरु अहिले महल, पजेरो जोडी, अलिसान जीवनयापनको अनुभुति सुख भोगिरहेका छन् । भनिन्छ –देश गरिब हुँदै गईरहेको छ नेताहरु धनी बन्दै छन् । यो शब्दको उखान गलत नभई अहिलेको परिवेशमा नेपाली राजनीतिकको सन्दर्भमा सार्थक सिद्ध भएका छन् । प्रजातान्त्रिक आन्दोलनको पहिले तथा नेपालमा प्रजातन्त्रको पुर्नस्थापनासँगैको परिवेशमा नेताहरुको जिवनशैलीमा अद्भुत परिवर्तन भएका छन् । एक धुर जग्गा नभएको नेताहरुको अवैध रुपमा सैयौं रोपनी जग्गाहरु अर्जित गरेका छन् भने अवैध रुपमा बैंकको खाताहरुमा रकमहरु थुपे्रर राखेका छन् । नेताहरुको काठमाण्डौ क्षेत्रमा ठूला ठूला भवनहरु बनाई या खरीद गरी अवैध रुपमा राख्ने गरेको अहिलेको सन्दर्भ देखिन्छ । तर आफू सर्वभरा वरको नेता हो, आफू जनताको हितमा जुनसुकै पनि अवस्थामा जीवनयापन गर्न सक्छु भनी झुठो नाराहरुको कारण नेताहरुको पार्टी बैठकबाट नै पार्टीका केन्द्रिय कार्य समितिका सदस्यहरु आवाज उठाई रहेका छन् ।
देश नयाँ परिवर्तनको अनुभुति साथ देशमा गणतन्त्रको स्थापना हुनु संघीयताको सुरुवात हुनु र नेपाली जनताले नयाँ सोच र परिवर्तन साथ आफ्नो हित हुने देशको विकास हुने समाजको उन्नती हुने सोचको साथ नयाँ परिवर्तनको नयाँ विहानीको रमाउन थालिएका थिए भने नेताहरुको आचरण व्यवहार तथा भ्रष्टाचार नीति जनता मात्र होइन पार्टीगत रुपमा पार्टीका कार्यकर्ता नेताहरु विरोधाभाषका स्वरहरु उठिरहेका छन् । आर्थिक अवस्था देशमा दिन प्रतिदिन कमजोर हुँदै गईरहेको विदेशी ऋणको भार दिन प्रतिदिन देशमा बढिरहेको देखिन्छन् भने संघीयताको आधारमा देशमा तीन सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका जनप्रतिनिधिहरुको सुविधा, भात्ता, तलब र गाडी खर्च जस्ता यावत खर्चहरुको स्तरोनन्ती दिनप्रतिदिन बढिरहेको देखिन्छ । आर्थिक भ्रष्टाचारमा तलिन बन्दै गईरहेको जनप्रतिनिधिहरु विकासको नाममा अधिकाश ठाउँमा भौतिक संरचनाहरु निर्माण नगरीकरन त्यस्तै अनाधिकृत रुपमा बिल भरपाई बनाई रकम निकासा गरेको समाचारहरु संचार माध्यमहरुबाट प्रकाशन दिनप्रतिदिन भईरहेको देखिन्छ । देश आर्थिक विकरालको अवस्थामा गुज्रिरहेको सन्दर्भमा नेताहरुको सम्पत्ति जोड्ने तलिनता बढेको कारणले गर्दा देशमा समाजिक विकास, आर्थिक विकास तथा प्राविधिक विकासहरु बाधक बन्दै गईरहेको देखिन्छ ।
नेताहरु आफ्ना भाइ भरेदारहरुको लालनपोषणमा बेस्त रहेको कारणले गर्दा आफ्नो आवश्यकतालाई आकांक्षालाई उच्च स्तरमा पु¥याई भ्रष्टाचारलाई राजनैतिक पेशाको आचरणको रुपमा स्वीकार गरी रहेका सन्दर्भ हेर्दा खेरी भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु पनि सबल र सक्षम देखिएको कारणले गर्दा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको बौद्धिकहरुको तर्क रहेको छ । नेपालमा कर्मचारी तन्त्रहरुलाई भ्रष्टाचार गर्न र गराउन प्रेरित गर्ने नेताहरुको मनोभावना र दिशा रहेको सन्दर्भमा कर्मचारी तन्त्रमा दिनहुँ सानो देखि ठूलो भ्रष्टाचार गरेको सेवाग्राहीसँग रकम लिई सेवा दिने परिपाटीको विकास भईरहेको छ । यसले गर्दा देशको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रहरुमा ठूलो असर परिरहेको देखिन्छ । एउटा नयाँ सन्दर्भ हेर्दा खेरी शिक्षा क्षेत्रमा पनि भ्रष्टाचारको अग्रणी स्थान रहेको सन्दर्भमा अहिले स्थापना भईरहेका अधिकांश मेडिकल कलेजहरुमा चर्को शुल्क लिनुको कारण नेताहरुलाई त्यो कलेजहरुले चन्दा दिनु तथा सहयोग गर्नु रहेको रहस्यहरु खुलेका छन् । चर्को शुल्कको विरोध केही दिन पहिले भएता पनि यसको निदान र समाधान राज्यले अहिले समय नदिएको देखिन्छ । भौतिक पूर्वाधारहरुको निर्माणको सुरुमा नै कमिशन तन्त्रको चलखेलको कारण देशमा कतिपय ठोस रुपमा निर्माण नभई अलपत्र बनेका छ भने स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचारको विगविगी बढिरहेको छ ।
राज्यको हरेक क्षेत्रमा भ्रष्टाचारको असरहरु दिनप्रतिदिन बढिरहेको सन्दर्भमा विश्वको भ्रष्टाचार भएको देशको परिसुचीमा नेपालमा पनि पर्ने गरेको देखिन्छ । भ्रष्टाचारबाट कमाएको सम्पत्तिहरु गोप्य रुपमा आफ्ना नाता नातेदार भाई बन्धुहरुको नाममा राख्ने गरेको कारणले गर्दा नेताहरु आफ्नो नाउँमा सम्पत्ति नराखेको पनि नेताहरु भ्रष्टाचार गरेको तथ्यहरु भ्रष्टाचार निवारण निकायहरुलाई फेला नपरेको देखिन्छ । तर भोलीका साधारण जिवनयापन गर्न नेताहरुको विलासी जिवनको रहस्य खोजी नेताहरुको भाई भरेदार नातागोता, शाखा सम्बन्धीतहरुको सम्पत्ति छानविन गरी नेताहरुको गुप्त रुपमा राखिएको सम्पत्तिको अनुसंधान गरी कानुनी न्यायसंगत सजायको भागीदार गराउनुपर्ने आवश्यकता देखिन्छ । राज्यले उच्च ओहदामा बसेका व्यक्तिहरुको निजी सम्पत्ती लगायत अन्य सम्पत्तिहरुमा हक वाला समेतलाई आधार बनाई सम्पत्ति छानविन एउटा सबल आयोग बनाई सम्पत्ति छानविन गर्नुपर्ने देखिन्छ । अहिले नेकपामा उठेका छानविन र सुधिकरणको सवालहरु देशका अन्य पार्टीहरु काँग्रेस मधेशवादी लगायतका साताधारी तथा प्रतिपक्षका पार्टीहरुमा पनि छानविन गरी अवैध लुकाएका सम्पत्तिहरुलाई सार्वजनिक गरी कारवाही गर्नुपर्ने आवश्यकता देखिन्छ । तसर्थ राज्यले भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुलाई निष्पक्ष स्वतन्त्र निकाय बनाई कसैको दवावमा भ्रष्टाचार गर्ने निकायहरु नपरी भ्रष्टाचार गर्ने कारवाहीको कठघारामा उभ्याउनुपर्ने देखिन्छ । पार्टीहरुले पनि भ्रष्ट र भ्रष्टाचार गर्ने नेताहरुलाई आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने परिपार्टीको थाल्नी गर्नुपर्छ । जनताको जनादेशको समान गर्नु पार्टी र नेताको कर्तव्य दायित्व रहेको अवस्थामा देशमा अमुल्य परिवर्तन सँगै विकासको कर्तमहरुलाई अगाडी बढाउनुपर्ने सन्दर्भमा जनताले विश्वास गर्ने नेताहरुको गलत मानसिकता र भ्रष्टाचार लिप्त तथा अवैध सम्पत्ति आर्जन गरी कमाउने राजनैतिकलाई थलो बनाउने नेता कार्यकर्ता माथि पार्टी स्तरबाट कारवाहीको मापदण्ड खडा गरी कारवाही गर्नुपर्ने देखिन्तछ । नेकपा भित्र चलिरहेका नेताहरुको जिवनशैली तथा सम्पत्ति आर्जनको सवालहरु जोरतोडले जनता समक्ष अहिले पुगिरहेका छन् । त्यसैकारण राज्य पक्षले पनि राज्यका निकायले पनि अवैध सम्पत्ति आर्जन गर्ने नेता माथि कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने देखिन्छ । चाहे त्यो जुनसुकै ठूलो नेता किन नहोस् ?
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
- 2081/08/04 पुनः १६ जना फरार अभियुक्त पक्राउ
- 2081/08/04 टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद
- 2081/08/03 महिला कैदीको बलात्कारको आरोपमा कारागारकै कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
- 2081/08/03 १७ मध्ये एकमात्र महिला उम्मेदवार
- 2081/08/03 लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
- 2081/08/03 जसपा नेपाल नगर कमिटिद्वारा हनुमाननगरको नगरसभा यथासिघ्र गराउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ