News Category 2076/11/03
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
राजविराज÷प्रदेश स्तरिय ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगितामा भाग लिन सप्तरीका बाल खेलाडीहरु शनिबार सिरहाको कर्जन्हा नगरपालिकाको बस्तीपुर प्रस्थान गरेका छन् ।
जिल्ला फुटवल संघ तथा राजविराज वडा नं. ८ कार्यालयले संयुक्त रुपमा बाल खेलाडीहरुलाई विदाई गरेको हो ।
विदाई कार्यक्रममा जिल्ला फुटवल संघ सप्तरीका उपाध्यक्ष एवं प्रशिक्षक राजकुमार परियार, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज कुमार माझी, वडाध्यक्ष जयनारायण मण्डल, एन्फा प्रशिक्षक रमेश श्रेष्ठ, पत्रकार राजु विश्वकर्मा, नविन गुप्ता लगायतले उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका थिए ।
शनिबारै देखि बस्तीपुरमा ३ दिन सम्म संचालन हुने प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका छात्र तर्फ २८ र छात्रा तर्फ १४ गरी ४२ जना बाल खेलाडीले सप्तरीबाट प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाका बाल खेलाडीको सहभागीता रहेको छ । प्रतियोगितामा छनोट भएकालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई तथा त्यहाबाट छनोट भएकालाई एन्फाको एकेडेमीमा राख्ने कार्यक्रम रहेको एन्फा प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए ।
विद्यालयका बालबालिकालाई ग्रासरुट फुटवल कार्यक्रम मार्फत प्रशिक्षित गराईएको र त्यसबाट छनौट गरी प्रदेश र राष्ट्रीय स्तरमा प्रतिस्पर्धा गराउने एन्फाको योजना अनुसार यस जिल्लाबाट ४२ जना बाल खेलाडी तयार पारिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ