News Category 2077/05/25
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित

दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
सप्तरीका एसपी र डिएसपीसहित १७ जनालाई बिहीबार कोरोना संक्रमणको पुष्टि भएको छ ।
बिहीवार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सदस्य समेत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपीमा कोरोना संक्रमणको पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी, नौं जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी कारागारमा तिन दिनअघि पनि एक महिलासहित सात जना कैदीबन्दी र दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । एक सय २५ जना राख्ने क्षमता भएको सो कारागारमा हाल ३ सय ३३ जनालाई कोचाकोच गरी राख्दा व्यवस्थापनमा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढ्दै गएको जेलर सञ्जय कुमार रामले बताए ।
जिल्लामा हालसम्म कोरोनाबाट आठ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ