News Category 2077/05/30

सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो

दैनिक समाचारदाता

सप्तरीमा निषेधाज्ञा अन्त्यसँगै चहलपहल बढ्यो

दैनिक समाचारदाता
राजविराज, ३० भदौं । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा जारि निषेधाज्ञालाई ५२ दिनपछि मंगलबारदेखी हटाएको छ । 
    जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको सोमबार साँझ बसेको बैकठले जिल्लामा गत साउन ८ गतेदेखी लगाइएको निषेधाज्ञालाई सुरक्षा र स्वास्थ्यको मापदण्ड तोकि हटाउने निर्णय गरेको थियो । 
यता निषेधाज्ञा हटेसँगै जिल्लामा मंगलबार बिहानदेखी सुरक्षा, स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने सर्तसहित बजारमा चहलपहल सुरु भएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृत एंव सूचना अधिकारी आनन्द ठाकुरका अनुसार पसल, व्यवसायी, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, स्थानिय तह, उद्योग, कलकारखाना लगायतले सरकारबाट जारि भएको सुरक्षा र जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालनमा ल्याउन सक्ने अनुमति प्रदान गरिएको छ । जिल्ला भित्र निजि सवारीसाधन तथा दुई जना यात्रु मात्र राखेर सिटी रिक्सा चलाउन पाउने छ । शिक्षण संस्था, हाट बजार, सभा सम्मेलन लगायतका भने संचालन गर्न नपाइने उनले जानकारी दिए । 
यस्तै १० वर्ष मूनी र ६० वर्षमाथीका मानिस र दिर्घरोगिलाई बाहिर हिडडुल गर्न तथा सैलुन, ब्युटिपार्लर, जिमखाना, मेला, महोत्सव तथा अन्य सामूहिक भेलामा पनि रोक लगाइएको छ । यसैगरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्रदान गरिने नागरिकता हाललाई बन्द रहने तथा अन्य सेवाहरु सूचारु भएको उनले बताए ।  
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट