News Category 2077/07/18
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले बालकको मृत्यु भएको प्रसङ्गमा एक नर्सिङ्ग स्टाफलाई कारवाही गरेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित कुमार झाद्वारा मंगलबार जारि विज्ञप्तिमा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफ संगिता रजकलाई कारवाही गरेको जनाइएको छ ।
मेसु झाको अध्यक्षता सोमवार सम्पन्न बैठकले स्टाफ रजकले अस्पतालमा बिरामीको शरिरको तापक्रम आफै मापन नगरेर बिरामीका कुरूवालाई तापक्रम लिन लगाएको तथा डियुटीमा स्टेशनमा नरहेको हुनाले १५ दिनका लागि निलम्बन गरेको जनाइएको छ ।
यता कारवाहीका लागि राजबिराज वडा नं. ५ निवासी पंकज कुमार सरकारको श्रीमति मौसमी सरकार गर्भवति भएको वेला डियुटीमा रहेका नर्सिङ्ग स्टाफको लापरवाहीका कारण बच्चालाई धरान लान बाध्य भएकोले अस्पतामा निवेदन दर्ता गराएको बमोजिम रजकलाई कारवाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा मेसु डा. झाले गाईनो बिभागले प्रत्येक शल्यक्रिया गर्ने बेला स्त्रीरोग बिशेषज्ञ सल्लाह लिने, बच्चा जन्मेपछि डिस्चार्ज गर्नु अगाडी डाक्टरलाई सम्पर्क गरेर मात्र डिस्चार्ज गर्ने तथा डियुटीको समयमा बिरामीका कुरूवालाई झर्केर जवाफ नदिने, भाईटलस आफै लिने, चिकित्सकलाई समयमा जानकारी गराई राउन्ड लिनको लागि आग्रह गर्ने, आफ्नो डियुटी स्टेशनमा बस्ने तथा कर्मचारीले पालन गर्नुपर्ने आचरण अनिवार्य रूपमा पालना गर्ने सम्पुर्ण अस्पतालका कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोही बैठकले भविष्यमा यस्ता किसिमको गल्ति दोहोरिएको खण्डमा करार सेवा रद्द गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
गत असोज २९ गते राजविराज नगरपालिका वडा नं. ५ निवासी पंकज सरकारकी श्रीमती मौसमी सरकार गर्भवति भई सोही अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट असोज ३० गते उनको शल्यक्रिया गरि बच्चा जन्मे पश्चात् अस्पतालका कर्मचारीको लापरवाहीका कारण बच्चाको मृत्यु भएको भन्दै पीडित पक्षले कात्तिक ५ गते दोषिमाथी कारवाहीको माँग गर्दै अस्पतालमा निवेदन दर्ता गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ