News Category 2077/07/20
कोरोना संक्रमणबाट सप्तरीका दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
कोरोना संक्रमणबाट सप्तरीका एक महिला र एक पुरुषको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेकी छिन् । उनको बुधबार पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र बिराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासी बान्ता भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
यस्तै बिहीबारै राजविराज नगरपालिका वडा नं. ८ का एक ६५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । कात्तिक १५ गते पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको ती पुरुष सोही दिन विपि कोइराला विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ