News Category 2077/07/20
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पुर्ण काम छठ पर्व पछि शुरु हुने जानकारी दिएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय सभा सदस्य प्याकुरेलले सो कुराको जानकारी दिएका हुन् ।
विगत तिन÷चार वर्षदेखी चार्चामा रहेको तथा ४० करोड रकम समेत अर्थमन्त्रालायबाट बिनियोजन भइसकेको अवस्थामा हाल प्रतिष्ठानको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।
सो पत्रकार सम्मेलनमा उनले प्रतिष्ठानको जग्गा सम्बन्धी फायल भुमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषदमा गईसकेको र सो सम्बन्धी सम्पुर्ण कामहरु छठ पर्वपछि सुचारु हुने कुरामा आफू विश्वस्त रहेको बताए ।
त्यसै गरी हरेक प्रतिष्ठानहरुको कार्यविधि फरक भएकाले समितीमा रहने डाक्टहरुको पदिय मर्यादा र पारिश्रमिकको पनि समस्याले गर्दा उक्त कार्यमा बाधा आएको उनको भनाई छ ।
हाल प्रतिष्ठानको कार्यबाहक अध्यक्षका रुपमा डा. रोहित पोखरेललाई चयन गरिसकेको र प्रतिष्ठान सम्बन्धी ऐन नै बन्ने प्रकृयामा रहेकोले पनि अब उक्त कार्य चाडै पुरा हुने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वास्थ्य मन्त्राललयलाई निर्देशन भइसकेको उनले जानकारी समेत दिए ।
त्यसै गरी सप्तरीको कन्चनरुप नगरपालिकामा निर्माणका क्रममा रहेको मदन भण्डारी खेलग्रामले पनि चाडै निरन्तरता पाउने उनको दाबी छ ।
सोही पत्रकार सम्मेलनमा उनले नेकपा पार्टीको फुट्न लागेको हल्ला मात्रै भएको भन्दै पार्टी नफुट्ने दाबी गर्दै यस्ता हल्ला पछाडी सम्पूर्ण नेता कार्यकर्तालाई नलाग्न आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ