News Category 2077/07/21

महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो

दैनिक समाचारदाता

महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    उधोग बाणिज्य संघ सप्तरीले तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
    आयोजित कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले कोरोना महामारीका कारण उधोग ब्यवसायीलाई ठुलो समस्यामा परेको बताउँदै बित्तिय संस्थाहरुले समेत दुःखको यस घडीमा ऋणी व्यवसायीलाई सहयोग नगरेको दुखेसो पोखे । 
    उनले ९ महिनाको महामारीको अवधीमा पनि ब्यापारीहरुले बैंकहरूबाट ऋणको ब्याजमा कुनै सहुलित नपाएको गुनासो गरे ।
    उनले भने, “उधोग ब्यवसाय मारमा परेका छन्, सरकारले ब्याज तिर्ने दायरा नबढाएकोले व्यापारी ठुलो समस्यामा पर्दा अहिले ब्यापार चलायमान गतिमा बढेको छ ।” सरकारले उधोगी व्यापारीको हितमा सम्बोधन गर्नुपर्ने तथा बैंकर्सहरुबाट ब्याजमा सहुलियत प्रदान गर्नतर्फ ध्यानाकर्षण गराए । 
    यस्तै जिल्लाका व्यापारीहरु अहिले प्रहरी, प्रशासनबाट समेत अनावश्यक दुःख पाइरहेको बताउँदै भन्सार कटाएर ल्याएका सामानहरु पनि प्रहरीले अवैध भनि पक्राउ गर्दै राजश्व कार्यालयमा पठाउने कार्यलाई उनले रोक्नु पर्ने माँग गरे । 
    सोही कार्यक्रममा प्रमुख अतिथिको आसननबाट बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले व्यापारीहरुले व्यापार प्रयोजनका लागि विभिन्न बैंकहरुबाट लिएको ऋणमा कोरोना महामारीको समयमा सहुलियत पाउनु पर्नेमा जोड दिए । उनले प्रहरी प्रशासनबाट व्यापारीलाई अनावश्यक दुःख दिने कार्य समेतलाई तुरुन्त बन्द गर्नु पर्ने माग गरे । 
    उनले भन्सार बुझाएर ल्याउने सामानहरुको भन्सार कार्यालयसँग समन्वय गर्दै कागजात हेरेर प्रहरीले छोड्नु पर्ने तथा भन्सार छलेका सामानहरु कानुन अनुसार कारवाहीको प्रक्रियामा जानु पर्ने सुझाव समेत दिए । 
    सघका अध्यक्ष अरूण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार शिवहरी भट्राई, बैजनाथ झालगायत दर्जनौ संचारकर्मीहरू उपस्थिति रहेको थियो ।
    सो अवसरमा उधोग बाणिज्य संघका अध्यक्ष प्रधानले कोरोना महामारीबाट बच्न संचारकर्मिहरूलाई मास्क तथा सेनिटाईजर बितरण गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट