News Category 2077/07/25
जनप्रतिनिधि भन्छन् “जनप्रतिनिधि नै भ्रष्टाचारी”

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका यूवाहरुको एक समूहले गाउँपालिकाको समग्र विकास तथा नमूना गाउँपालिकाको परिकल्पना गर्दै अभियान संचालन गरेका छन् ।
सामाजिक रुपान्तरणमा यूवाहरुको अभियान नामले यूवाहरुले संचालन गरिएको अभियान अन्तरगत सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
सो अन्तरक्रियामा बोल्दै जनप्रतिनिधीहरुले नै गाउँपालिकामा ब्यापक भ्रष्टचार भएको आरोप लगाए । गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र यादवले गाउँपालिकाको काम गर्ने शैलीबाट आफै असन्तुष्ट भएको जनाउँदै आफू पनि पीडित भएको बताए ।
उनले गत आ.ब.को तीन महिनाको अवधीमा गाउँपालिकाले हचुवाको भरमा २० करोड रकम खर्च गरेको बताए । उनले सो रकम मात्र १९ दिनमा खर्चेको आरोप लगाए ।
त्यस्तै जसपाका स्थानिय यूवा नेता विद्यानन्द चौधरीले गाउँपालिकामा ६ सय ५३ अतिविपन्न परिवार राती सुत्दा बिहान घरको छानो रहने वा नरहने बारे चिन्तित रहेको बारे जानकारी दिए । उनले कतिपय परिवारमा बेरोजगारीको समस्या यथावत नै रहेको बताए । गाउँपालिकाको नाम छिन्नमस्ता शक्तिपीठको नाममा रहदा पनि बजारको अवस्था भने झनै खस्किदो रहेको उनले गुनासो पोखे ।
यस्तै अन्य वक्ताहरुले पनि जनप्रतिनिधिहरुकै कारण कुनै पनि कर्मचारी टिक्नै नसक्ने अवस्थाका करण हालसम्म गाउँ सभा हुन नसकेको आरोप लगाए । उनीहरुले जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेकोले गाउँपालिकाको विकास हुन नसकेको आरोप लगाए ।
अभियानका संयोजक कृष्णकुमार मण्डलको अध्यक्षतामा तथा नेकपाका नेता एवं पूर्व सिचाई मन्त्रि उमेश यादवको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य नेत्रविक्रम साहको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा जसपा नेता दिनेश यादव, सत्यनारायण यादव, केदार यादव, नेकपाका जयप्रकाश यादव, संचारकर्मी धिरेन्द्र प्रसाद साह, स्थानियवासी, बुद्धिजिवि, विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ