News Category 2077/07/26
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
धान काट्ने जनशक्ति नपाइने भएकोले किसानलाई सहुलियत दिने उद्देश्यले मंगलबारदेखि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले निःशुल्क धानबालीको कटान सुरु गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण धान काट्ने जनशक्ति नपाएको तथा पाकी सकेको धानबाली खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले धानबाली निःशुल्क काटिदिने निर्णयमा पुगेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
चार वटा मेसिन लगाई वडा नं. ६ को. मधेपुराबाट मंगलबारदेखी धानबालीको कटान थालिएको उनले बताए । एउटा वडामा दुई वटा मेसिनमार्फत धानबाली कटान गरिने र त्यसका लागि गाउँपालिकाका सबै किसानलाई खबरसमेत गरिएको उनले बताए ।
उनले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न एकातिर हामी सबै लागेका छौं भने अर्कोतिर किसानले निकै लगानी र महिनेत गरी लगाएको धानबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा कटान सुरु गरेको हो ।”
गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको बताए ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले गाउँपालिकाको ८ वटै वडामा गरी करिब एक हजार पाँच सय विघाभन्दा बढीमा लगाइएको धानबालीको कटानको खर्च गाउँपालिकाले ब्यहोर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्याउने जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का खुशेश्वर यादव हर्षित हुँदै भन्छन्, “धान काट्ने जनशक्ति नपाइरहेको अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटिदिने निर्णय गरेपछि हामीलाई धेरै सहुलिय भएको छ ।”
यसअघि लकडाउनको कारण किसानको खेतमै रहेको गहुँबाली गत चैत महिनामा गाउँपालिकाले खर्च ब्यहोरेर कटान गरिदिएको थियो । सात सय विघाको गहुँबाली कटान गर्ने लक्ष्य लिएपनि करिब अढाई सय विघामा लगाइएको गहुँबाली कटान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ