News Category 2077/08/17
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर
सर्वोच्च अदालतका न्यायाधिश हरिकृष्ण कार्कीले विगतका वर्षबाट सरेर आएका पुराना मुद्दाहरु अबको साढे तीन वर्ष भित्रै शुन्यमा झारिने तयारी गरिएको जानकारी दिएका छन् ।
बुधबार उच्च अदालत जनकपुर राजविराज इजलाशको सभा कक्षमा न्यायपालिकामा हुन सक्ने बिकृती बिसंगति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नु पर्ने उपायहरुको सम्बन्धमा बिस्ततृ अध्ययन गरि प्रतिवेदन पेश गर्न उनकै नेतृत्वमा गठित समितिले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सो जानकारी दिएका हुन् ।
कार्यक्रममा सहभागि नागरिक समाज, संचारकर्मी र अधिकारकर्मीलाई सम्बोधन गर्दै उनले आगामी बि.स. २०८० साल भित्र विगतका वर्षहरुबाट सरेर आएका सबै पुराना मुद्दालाई फच्र्छयौट गरि शुन्यमा झारिने लक्ष्यका साथ काम अघि बढेको र समयमै लक्ष्य प्राप्त गर्ने बताए ।
पुराना मुद्दाहरुलाई सरल, जटिल र अतिजटिल गरि तीन किसिमले वर्गिकरण गरि अबको तीन वर्ष भित्र न्याय सम्पादन र फच्र्छयौट गर्ने लक्ष्यका साथ तिब्र गतिमा काम अघि बढिसकेको छ उनको भनाई छ ।
उनले सकभर पेशीमा चढेर छलफलमा गएका मुद्दाबारे समाचार सम्प्रेशन नगरिदिन अनुरोध गर्दै भने, “यसरी समाचार मिडियामा आउँदा स्वतन्त्र निर्णयमा समेत असर गर्छ ।”
कार्यक्रममा न्याय परिषद्का सदस्य लक्ष्मी बहादुर निराला खडका, नायब महान्यायधिवक्ता नारायण प्रसाद पौडेल, नेपाल बार एशोसिएशनका अध्यक्ष चन्देश्वर श्रेष्ठ, सर्वोच्च अदालतका सहरजिष्टार नेत्र प्रसाद आचार्यलगायतले पनि बोल्दै न्याय सम्पादनका बेला न्यायाधीशलाई कतैबाट प्रभाव पार्नु नहुने जिकिरका साथ छिटो, छरितो र विश्वसनिय न्याय सम्पादनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ