News Category 2077/09/23
भारतीय सुरक्षाकर्मीद्वारा हुलाकी सडक अन्तरगतको पुल निर्माणमा अवरोध
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ स्थित कठौना–पातो लिंक रोडमा पर्ने हुलाकी सडक आयोजना अन्तरगत खडक खोलामा पुल निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीहरुले अवरोध पु¥याएका छन् । अवरोधका कारण पुल निर्माण कार्य विगत एक महिनादेखी ठप्प भएको छ ।
भारतको मधुवनी जिल्ला अन्तरगत करियौतस्थित एसएसबीले सुरक्षाको कारण देखाई पुल निर्माण कार्यमा अवरोध पु¥याएको जनाइएको छ । भारतीय सरकारको तर्फबाट कुनै जानकारी अथवा निर्देशन नआएकोले तत्काल निर्माण कार्य रोक्न भनेपछि काम अवरुद्ध भएको हो ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले सीमा क्षेत्रबाट १ सय ९५ मिटर मात्रको दुरीमा रहेको र पुल निर्माण सुरक्षासित समेत जोडिएको विषय हो भन्दै निर्माणस्थलमै पुगेर एसएसबीको टोलीले एक महिनाअघि नै भनेपछि निर्माण कार्य रोक्नु परेको जानकारी दिएका छन ।
उनले भारतीय गाउँ करियौत र नेपालतर्फका बासिन्दाले सहमति जनाएपछि नेपाल सरकारले ठेक्का लगाएको बताए । काठमाडौंस्थित इलाइट कन्ट्रक्सन प्रालिले १ सय १२ मिटर लम्बाई तथा ११ मिटर चौडाईको उक्त पुल निर्माणको १८ करोड ३३ लाख रुँपैयामा ठेक्का पाएको उनले जनाए ।
स्थानियले भने नेपाली भूमीमा भइरहेको निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गर्नु अनुचित भएको बताएका छन् । स्थानीयहरुले सीमावर्ती भारतीय गाउँका बासिन्दा समेत बसेर छलफल गरि पुल निर्माणमा कुनै अवरोध नगर्ने सहमति भएको बताउँदै अचानक भारतीय सुरक्षाकर्मीले अवरोध गर्नु बुझिनसक्नु भएको बताएका छन् ।
यता सीमावर्ती भारतीय गाउँ करियौतका सत्यनारायण यादवले पनि दुबै पक्षका गाउँवासीहरुको संयुक्त बैठकबसी पुल निर्माणमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त भएको बताउँदै अचानक एसएसबीले निर्माण कार्य रोक्नु उचित नभएको प्रतिक्रिया दिएका छन् ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले काम रोकिएको विषयमा मधुवनी जिल्लाका डिएमसँग समेत वार्ता गरि आवश्यक पहल भइरहेको जानकारी दिँदै यस बारेमा गृहमन्त्रालयलाई जानकारी गराइसकिएको र परराष्ट्र मन्त्रालयमार्फत दुबै देशबीच छलफल भएर पुल निर्माण कार्य चाडै अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ