News Category 2077/09/24
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरी प्रहरीले १२ वर्षअघि ज्यान मार्ने उद्योग घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ३८ वर्षिय गोरिया भन्ने बिरेन्द्र मलाहालाई सार्वजनिक गरेको हो ।
विशेष सूराकीको आधारमा खटेको प्रहरी टोलीले उनलाई गाउँमै लुकेर कसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
बि.स. २०६५ असोज ६ गते सोही वडाका दौलत पाण्डे र उनको आफन्तमाथी भएको ज्याान मार्ने उद्योग घटनामा सप्तरी जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय फैसला सुनाइएपछि फरार रहेकाले मलाहालाई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक धमलाले बताए ।
यस्तै पत्रकार सम्मेलनमा पछिल्लो समय फरार अपराधी पक्राउ गर्न सप्तरी प्रहरीले चलाएको अभियान र मिलेको सफलता बारे बिबरण समेटिएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार साउन १ देखी पुस २४ सम्मको ६ महिने अवधीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ३ सय ९७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ ।
यसरी पक्राउ परेका अपराधीबाट जरिवाना वापत १० लाख ९८ हजार ३ सय २५ रुँपैया असुली भएको तथा उनीहरुको ६० वर्ष ९ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको प्रहरी उपरिक्षक धमलाले बताए ।
यसैबीच सोही पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले यस अवधीमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर, कडोरबोना र कंचनपुरमा समेत गरि कुल ४ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिए ।
सोही अवधीमा भन्सार छलि अवैध रुपमा भित्राइएका २ करोड १२ लाख ८२ हजार ८ सय ७४ रुँपैया मुल्य बराबरको तीन थान पिकअप, ८२ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्रयाक्टर र दुई थान टेम्पु जफत गरि भन्सार कार्यालय बुझाइएको डिएसपी साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ