News Category 2077/09/25
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते
राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा शुक्रबार राती आगलागि हुँदा १५ लाख बढी मुल्य बराबरको क्षति भएको छ ।
आगलगिमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न समेत जलेको छ ।
स्थानिय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको घर जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् ।
यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले जानकारी दिएका छन् ।
राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महाबिर साहको घरमा आगलगि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।
प्रायजसो लगातार आगलगि हुन थालेको तर, कारण खुल्न नसक्दा स्थानिय त्रसित भएका छन् । सोही टोल निवासी पूर्वसांसद सकलदेव सुतिहारले आगलगिका डरले चिसोका वावजुद विगत एक महिनादेखी स्थानियले घुर बाल्न छाडेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ