News Category 2077/10/12
वन कार्यालयको टेण्डरमा “सेटिङ” !
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
डिभिजन वन कार्यालय सप्तरीमा सोमबार टेण्डर फारम बुझाउन आएकाहरुलाई हातपात र टेण्डर च्यात्दै बुझाउनबाट बञ्चित गराइएको छ ।
टेण्डर फारम दर्ता गर्ने अन्तिम दिन सोमबार लक्ष्मी निर्माण सेवा सप्तरीका प्रतिनिधि जिवछ साहलगायत दुई÷तीन जनामाथी अवरोध र दुव्र्यबहार गर्दै वन तथा निर्माण व्यवसायीहरुको एक समूहले उनीहरुको टेण्डर फारम च्यात्नुका साथै हातपात गर्दै फारम बुझाउनबाट बञ्चित गराएका हुन् ।
टेण्डर फारम बुझाउन जाँदा गेटमा रहेका वनरक्षक तथा निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै मुल गेटबाट भित्र प्रवेशमा रोक लगाएको पीडित निर्माण व्यवसायी साहले बताएका छन् । उनीहरुकै “सेटिङ” मा आफूहरुलाई टेण्डर बुझाउनबाट बञ्चित गराइएको आरोप लगाउँदै पीडित निर्माण व्यवसायी साहले टेण्डर प्रक्रिया नै बदर गर्नुपर्ने माग समेत गरेका छन् ।
१२ बजेसम्म टेण्डर बुझाउने समय रहेपनि ११ बजेर ३० मिनेटमै दर्ता गराउन कार्यालय पुगेको बेला गेटमा रहेका वनरक्षक र निर्माण व्यवसायी संघका एक समूहले हातपात गर्दै प्रवेशमा रोक लगाएको उनको आरोप छ ।
यता डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले आफू कार्यालय भित्र रहेको र गेट बाहिर केही निर्माण व्यवसायीहरु एकआपसमा विवाद गरेको मात्र आफूलाई जानकारी भएको बताउँदै टेण्डर प्रक्रियामा वनको तर्फबाट कुनै “सेटिङ” र अवरोध नरहेको दाबी समेत गरेका छन् ।
डिभिजन वन कार्यालय सप्तरीले कञ्चनरुप नगरपालिकास्थित सवडिभिजन वन कार्यालयको भवन निर्माणका लागि ४२ लाखको लागतमा ४ कोठे भवनका लागि टेण्डर आह्वान गरेको थियो । उक्त भवन निर्माण कार्यका लागि २७ वटा टेण्डर बिक्रि भएकोमा निर्धारित समयभित्र ३ जनाले मात्र बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ