News Category 2077/11/10
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित खुबलाल जगरनाथ शक्ति आधारभुत विद्यालयमा विवाह प्रयोजनका लागि बन्द गराइएको विद्यालय सोमबारदेखी सुचारु भएको छ ।
गाउँकै रामकुमार मण्डलले छोरीको विवाहका लागि विद्यालय प्रयोग गर्न प्रस्ताव राखेका थिए । तर, प्रधानाध्यापक रबिन्द्र यादवले विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले सो प्रस्ताव अस्विकार गरेपछि मण्डल र उनका आफन्तले शुक्रबार राती जबरजस्ती मूल गेटको ताला फुटाएर पण्डाल निर्माण गरेका थिए ।
यता विद्यार्थी, अभिभावक, विद्यालय र स्थानिय प्रशासनको हस्तक्षेपपछि विद्यालय परिसरमा गाडिएको टेन्ट, पण्डाल लगायतका सरसामानहरु हटाइएपछि सोमबारदेखी पठनपाठन सूचारु भएको छ ।
विद्यालयमा भोजभतेर, सभासम्मेलन र पठनपाठन नै अवरुद्ध हुने गरि कुनै क्रियाकलाप गर्नुहुन्न भनी सम्झाउँदा पनि मण्डलले नमानेको उनको भनाई छ ।
बिहेमा जबरजस्ती विद्यालय बन्द गराएको विषयमा निकै आलोचना भएपछि प्रअ यादवले यस विषयमा स्थानिय प्रशासनलाई समेत जानकारी गराएपछि सोमबार बिहानै प्रहरी, अभिभावक र विद्यार्थीको सहयोगमा विद्यालय परिसर खाली गराई पठनपाठन सूचारु भएको छ ।
यस्तै वडा अध्यक्ष ललित सिंहले भविष्यमा पठनपाठन नै अवरुद्ध हुने गरि विद्यालय हाताभित्र कुनै पनि कार्यक्रम गर्न नदिने गरि वडा र गाउँपालिका कार्यालयबाट ठोस निर्णय गर्ने तयारी भइरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ