News Category 2077/11/11
श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ

दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित मंगलबार दिउँसो दुई महिलालाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा चेकजाँचमा खटिएको सशस्त्रका प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय बजारबाट आउँदै गरेकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ की ३८ वर्षिया कबिता दास र उनका छिमेकी २२ वर्षिया रिन्कु कुमारी दासलाई सो रकमसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको १० लाख रुँपैया बरामद भएको र दुबैलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
उनीहरुसँग ठूलो रकम कहाँबाट र कसरी आयो भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ