News Category 2077/11/23
दुर्घटनामा घाइते भएका पुजारीको उपचारको क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
गत शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका एक पुजारीको उपचारका क्रममा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ सडक खण्डमा बाटो काट्ने क्रमका बा.४०प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका रौतहटको देवाही गोनाही नगरपालिका ९ निवासी ६५ वर्षिय ब्रहमदेव साहको उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।
साहलाई ठक्कर दिने मोटरसाइकल र चालक शम्भुनाथ नगरपालिका ६ निवासी ३० वर्षिय मो. रमजानी प्रहरी नियन्त्रणमा रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि घटना पश्चात् घाइते भएका पुजारीलाई प्रहरीले उद्धार गरि स्थानिय युनिक अस्पतालमा पुर्याएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि बिराटनगरस्थित बिराट नर्सिङ होममा भर्ना गराइएकोमा उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।
बाराको इटवालास्थित राममन्दिरका मूल पुजारी रहेका साह तिर्थयात्राको क्रममा बसचढी बराह क्षेत्रतर्फ जाँदै गरेका थिए । बाटोमा शौचका लागि उत्रेका बेला अचानक मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटनामा परेको डिएसपी साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ