News Category 2077/11/24
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै

दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहीस्थित भगवती र डिहबार मन्दिरको अग्रभागमा ८ विगहा १ कठ जग्गामा फैलिएको ऐतिहासिक पोखरीको जिर्णोद्वारका लागि सोमबार शिलान्यास गरिएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उपलब्ध गराएको २५ लाख रुँपैयाले पोखरीको जिर्णेद्वाराका साथै चारैतिर घाट निर्माण र सौन्दर्यकरण गर्न लागिएको हो ।
दशैंका बेला सो स्थानमा ठूलो मेला लाग्ने गरेको तथा आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका समेत हजारौं तिर्थयात्री यस स्थलमा आउने गरेकाले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सघाउने उद्देश्यले निर्वाचन क्षेत्र विकास कोषबाट २५ लाख रुँपैया सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए ।
उनले यस स्थलको प्रचार प्रसार र विकासका लागि आगामी दिनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रमबाट पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिनुका साथै सोही वडामा एउटा व्यवस्थित खेलमैदान निर्माणको गृहकार्य समेत भइरहेको मन्त्री साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ