News Category 2077/12/18
भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
भूपु सैनिक सम्मेलन २०७७ सहायक शिविर बुधबार राजविराजस्थित भिमदल गणमा सम्पन्न भएको छ ।
भिमदल गण राजविराजका गणपति प्रमुख सेनानी निरज भण्डारीद्वारा संचालित शिविरमा एक सय भुपु सैनिकहरुको उपस्थिति रहेको थियो ।
उक्त शिविरमा भरचुवल माध्यमले प्रत्यक्ष प्रसारण मार्फत मुख्य शिविर स्थलबाट प्रधान सेनापति लगायत रथिबृन्द र कल्याणकारी बोर्डका सदस्यहरुले सम्बोधन समेत गरेका थिए ।
शिविर सम्पन्नपछि भूपु सैनिकहरुलाई मण्डी, फष्ट एड किट, सल, पि–क्याप र सैनिक कल्याणकारिको कार्यक्रम पुस्तिकाका साथै दैनिक तथा भ्रमण भत्ता समेत बितरण गरिएको सो गणका प्रमुख सेनानी भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार सप्तरी जिल्लामा ३ सय ९० भुपु सैनिक र एकल महिला भएपनि कोभिड–१९ का कारण सय जना मात्रको उपस्थिति रहेको थियो ।
यस्तै बुधबार सहायक शिविरमा अनुपस्थित भएका भुपु सैनिकहरुलाई बिहीबारबाट ती सामाग्रिहरु बितरण गरिने भिमदल गण राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ