News Category 2077/12/19
कोरोना संक्रमित शुन्य रहेको सप्तरीमा एक विद्यार्थी संक्रमित
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सप्तरी सदरमुकाम राजविराजमा एक विद्यार्थी कोरोना संक्रमित भएका छन् ।
जिल्लामा तीन महिना यता कोरोना संक्रमितको संख्या शुन्य रहेकोमा पछिल्लो पटक बिहीबार राजविराज २ निवासी २१ वर्षिय विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
ती विद्यार्थीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
पोखरास्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत उनी एक साताअघि होली मनाउन घर आएका थिए । उच्च ज्वरोसँगै रुघा, खोकी लागेपछि शंका लागेर स्वाव परिक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई होम आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
लामो समयपछि जिल्लामा कोरोना संक्रमित देखिएपछि स्थानियमा पुन: त्रास फैलिएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले कोरोना संक्रमणबाट जोगिन न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गर्न सबैमा आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले सबैलाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
महामारीको दोश्रो लहर भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखि अहिले जिल्ला भित्रिने तिलाठी–कुनौली नाकामा हेल्प र हेल्थ दुबै डेस्कको स्थापना गरि हरेक व्यक्तिको स्वास्थ्य जाँच्ने काम प्रभावकारी ढंगले सुरु गरिएको उनले जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ