News Category 2078/04/08
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै विश्व हिन्दु परिषद् सप्तरीले बिहीबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुतला दहन गरेको छ ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले गंगा नदीमा दुध चढाएको विषयमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्वीटरमार्फत गरेको टिप्पणीको बिरोध गर्दै परिषद्का अगुवाहरुले पुतला दहन गरेको हो ।
राजविराजस्थित हनुमान मन्दिर अगाडीबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चौकमा पुगि पुतला दहन गरेको विश्व हिन्दु परिषद्का सगरमाथा सत्संग विभाग सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।
सहसंयोजक सिंहले भट्टराईको टिप्पणी हिन्दु धर्मप्रति आस्थावानहरुलाई चोट पु¥याउने खालको रहेको कारण बिरोध गर्नुपरेको बताए ।
डा. भट्टराइले भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले गंगा नदीमा दुध चढाउँदै गरेको चित्रप्रति “विश्वास एउटा खतरनाक कुरा हो, यसले तपाईलाई दुध र मुत फ्याक्न प्रेरित गर्छ” भनी ट्वीटरमार्फत टिप्पणी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ