News Category 2078/04/11
कोरोना भाइरस संक्रमण दर बढ्दो
दैनिक समाचारदाता
काठमाडौं, ११ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस संक्रमण दर बढ्दो क्रममा रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारभन्दा एक हजार १ सय ८४ ले बढी हो । आइतबार मुलुकभर दुई हजार २ सय ३७ संक्रमित देखिएका थिए ।
यता सोमबार १७ हजार २ सय ७२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख ३८ हजार ९ सय १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ८६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या छ लाख ४५ हजार ३ सय १ पुगेको छ । नेपाल संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ ।
मुलुकमा ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अुनसार ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ