News Category 2078/05/31
सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
शहरी बिकास तथा भवन कार्यालयले मलेठमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन राजबिराज नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बिहिवार एक कार्यक्रम बिच प्रदेश सभा सदस्य मनिष कुमार सुमन तथा राजबिराजका नगरप्रमुख शम्भु प्रसाद यादबको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
राजबिराज ९ स्थित मलेठको सहिद स्तम्भको प्रागणमा स्थित दलित भवनको प्रागणमा शहरी बिकास तथा भवन कार्यालय सप्तरी प्रमुख कृष्णदेव झाले वडा अध्यक्ष शम्भु प्रसाद यादब (लाली) लाई हस्तान्तरण गरेका छन ।
सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले मलेठ घटनामा मारिएका सहिदहरूको सम्झनामा सहिद स्तम्भ निर्माण गरिएको बताए । उनले सुबिधा सम्पन्न सहिद स्तम्भ परिसरमा नगरवासीले मलेठको सहिद स्तम्भ अवलोकन गर्न तथा सहिदको सम्झना हुने उद्देश्यले निर्माण गरिएको बताए ।
यसैगरी सोही वडामा सुबिधा सम्पन्न ५ कोठे जेष्ठ नागरिक आवास भवन निर्माण भई वडा अध्यक्ष शम्भु यादब लालीलाई समेत हस्तान्तरण गरिएको शहरी बिकास तथा भवन कार्यालयका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।
प्रदेश सभा सदस्य सुमनको पहलमा तथा भवन कार्यालय राजबिराजको अगुवाईमा सहिद स्तम्भ तथा जेष्ठ नागरिक भवन निर्माण भएको हो । प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्रालयको सहयोगमा शहरी बिकास तथा भवन कार्यालयले ९२ लाख ६१ हजार ६ सयको लागतमा सहिद स्तम्भ निर्माण गरेको हो ।
यसैगरी ८६ लाख ३४ हजार ६ सय ५२ रूपैयाको लागतमा जेष्ठ नागरिक आवास भवन निर्माण गरिएको शहरी कार्यालय प्रमुख झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ