News Category 2078/06/02
जनज्योतीले सार्वजनिक गर्यो चार वर्षे व्यवसायीक रणनीतिक योजना

राजविराज/जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठले १० औं वर्षमा प्रवेश गरेको अवसरमा चार वर्षे व्यवसायीक रणनीतिक योजना सार्वजनिक गरेको छ ।
संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आ.ब. २०७८/७९ देखी २०८१/८२ सम्मको व्यवसायीक रणनीतिक योजना सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले आ.ब. २०७७/७८ मा रहेको २ करोड ३० लाख २३ हजार एक सय शेयर पूँजीलाई बढोत्तरी गर्दै आ.ब. २०८१/८२ सम्ममा ५ करोड २३ हजार एक सय पुर्याउने लक्ष्य लिएको जानकारी दिए । उनले कोष हिसाबतर्फ ६५ लाख ९२ हजार ८ सय ३४ रुँपैया १५ पैसा रहेकोमा आ.ब. २०८१/८२ सम्ममा २ करोड १९ लाख २ हजार ८ सय ३४ रुँपैया १५ पैसासम्म पुर्याउने लक्ष्य रहेको बताए ।
त्यस्तै निक्षेप संकलन तर्फ आ.ब. २०८१/८२ सम्ममा २३ करोड ७६ लाख ९४ हजार ४ सय ४६ रुँपैया ५३ पैसा पुर्याउने व्यवसायीक योजना सार्वजनिक गरे ।
आयोजित पत्रकार सम्मेलनमा संस्थाको स्विकृत कार्यक्षेत्रका बहुसंख्यक जनसंख्या कृषि पेशामा आवद्ध भएका कारण कृषि पेशालाई प्रविधि मैत्री बनाई नागरिकहरुलाई बढि भन्दा बढि व्यवसायिक बनाउने उद्धेश्यले संस्था स्थापना एवं संचालन गरिएको अध्यक्ष मण्डलको भनाई थियो ।
उक्त अवसरमा संस्थाका उपाध्यक्ष डम्बर नारायण यादव, कोषाध्यक्ष मनोज यादव, राष्ट्रिय सहकारी बैंक बैकका प्रमुख लगायत संस्थाका कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ