News Category 2070/03/17
एचआइभी संक्रमित कैदी चौधरीको मृत्यु
दैनिक संवाददाता
राजविराज, १६ असार ।
एचआइभी संक्रमित पुष्टि भएको एक साता नबित्दै राजविराज कारागारका एक कैदीको आइतबार ज्यान गएको छ ।
धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जचाउँदा गत बुधबार मात्रै ती कैदी एचआइभी संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित भएको पुष्टि भएदेखि नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका कैदी सुरेश चौधरीको ज्यान गएको हो ।
सप्तरीको सिस्वाबेल्ही गाविस २ निवासी सुरेश चौधरीको एचआइभीका कारण ज्यान गएको अस्पतालले जनाएको छ । गाउँकै सुर्यनारायण साहका छोरा छठुको अपहरण गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले तोकेको ६ बर्षको कैद भुक्तान गराउन उनलाई कारागारमा राखिएको थियो ।
२०६६ साल चैत १५ गतेदेखि कारागारमा राखिएका चौधरी बारम्बार बिरामी रहँदै आएका थिए । पछिल्लोपटक अत्यधिक बिरामी भएका ३८ बर्षीय चौधरीलाई उपचारका लागि धरान लगिएको थियो । त्यहाँ उनी एचआइभी संक्रमित भएको पुष्टि भएपछि बिहान कारागारबाट सगरमाथा अंचल अस्पताल ल्याउने र साँझ कारागार लग्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ