News Category 2070/03/17
एचआइभी संक्रमित कैदी चौधरीको मृत्यु
दैनिक संवाददाता
राजविराज, १६ असार ।
एचआइभी संक्रमित पुष्टि भएको एक साता नबित्दै राजविराज कारागारका एक कैदीको आइतबार ज्यान गएको छ ।
धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जचाउँदा गत बुधबार मात्रै ती कैदी एचआइभी संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित भएको पुष्टि भएदेखि नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका कैदी सुरेश चौधरीको ज्यान गएको हो ।
सप्तरीको सिस्वाबेल्ही गाविस २ निवासी सुरेश चौधरीको एचआइभीका कारण ज्यान गएको अस्पतालले जनाएको छ । गाउँकै सुर्यनारायण साहका छोरा छठुको अपहरण गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले तोकेको ६ बर्षको कैद भुक्तान गराउन उनलाई कारागारमा राखिएको थियो ।
२०६६ साल चैत १५ गतेदेखि कारागारमा राखिएका चौधरी बारम्बार बिरामी रहँदै आएका थिए । पछिल्लोपटक अत्यधिक बिरामी भएका ३८ बर्षीय चौधरीलाई उपचारका लागि धरान लगिएको थियो । त्यहाँ उनी एचआइभी संक्रमित भएको पुष्टि भएपछि बिहान कारागारबाट सगरमाथा अंचल अस्पताल ल्याउने र साँझ कारागार लग्दै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ