News Category 2070/03/17
आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षणमा जोड्
दैनिक संवाददाता
राजविराज, १६ असार ।
आदिवासी जनजातीहरुको कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ ।
आइतबार राजविराजमा सम्पन्न एक कार्यक्रममा बोल्दै बक्ताहरुले संस्कृति नरहे आदिवासी, जनजातीको अस्तित्व नै नरहने भएका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड् दिए ।
‘तराई आदिवासी जनजाती कला संस्कृतिको संरक्षण सबद्र्धन’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथीनेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष यमबहादुर मगरले कला र संस्कृति बिना जातजातिको अस्तित्व संकटमा पर्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिविस सप्तरीका योजना अधिकृत सुरेश राउत, नेपाल जनजाती आदिवासी महासंघका जिल्ला सचिव बृजमान तामाङ्ग, सिड नेपालका सचिव बिरेन्द्र मण्डल, मधेशी पत्रकार समाजका जिल्ला सचिव आमेन्द्र यादव, महिला आदिवासी जनजातीका जिल्ला अध्यक्ष दिलकुमारी चौधरी, आदिवासी कला संस्कृति प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम चौधरी, भीमबहादुर तामाङ्गसहितका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तराई आदिवासी कला संस्कृति प्रतिष्ठान, सप्तरीको आयोजनामा तथा लोक कल्याण नेपाल आदिवासी जनजाती गैसस सहकार्य संजाल सप्तरीको सहयोगमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो ।
आयोजकका जिल्ला अध्यक्ष गोपाल गुप्ताको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
- 2082/08/12 बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
- 2082/08/12 विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
- 2082/08/12 सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
- 2082/08/11 अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ