News Category 2071/05/13
तीज पर्वको अवसरमा राजविराजमा महिलाहरुद्धारा भव्य नाचगान
दैनिक संवाददाता
राजविराज, १२ भदौ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वको अवसरमा बिहिबार राजविराजमा हरितालिका तीज महोत्सवको आयोजना गरेका थिए ।
हरितालिका तीज महोत्सव मुल समारोह समितिकाको आयोजना तथा राजविराज जेसिजको सहयोगमा राजविराज नगरपालिकाको सभाहलमा आयोजित तीज महोत्सवमा महिलाहरुले सामुहिक रुपमा नाचगान गरी तीज मनाइएको छ ।
समितिकी संयोजक अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव,युनिसेफका दिनेश झा,राजविराज जेसिजका अध्यक्ष मनोहर कुमार पोखरेल,एकल महिलाकी बिमला पाराजुली,उमा पोखरेल,मंजु श्रेष्ठ,साधना झा,अम्व्रिका दाहाल सहितकाहरुले ती पर्वको महोत्सवको बारेमा चर्चा गरेका थिए ।
यसैबिच उक्त तीज महोत्सवमा सहभागिहरु मध्ये प्रथम,दोश्रो ,तेश्रो गर्ने प्रतियोगिहरुलाई पुरुस्कार तथा प्रमाणपत्र समेत प्रदान गरेको थियो ।
यता हिन्दु नारीहरुको यो महान पर्वको रौनक सप्तरीको सदरमुकाम राजविराज स्थित शिब मन्दिरका साथै जिल्लाको विभिन्न शिब मन्दिरहरुमा बिहानै देखि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियो ।
त्यसैगरी जिल्लाको विभिन्न ग्रामीण भेगका महिलाहरु पनि दिनभर तीजको अवसरमा दिनभरी व्रत बसि विभिन्न नाचगान गरी मनाइएको छ ।
विवाहित महिलाहरुले पति र सन्तानको लामो आयु तथा अविवाहित महिलाहरुले सुयोग्य बरको कानम गर्दै हिन्दु महिलाहरुले तीज पर्व धुमधामका साथ मनाइएको छ ।
तीज पर्वले सबैको मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याण हुने यस व्रतको प्रयोजन रहेकोे धार्मिक विश्वास रहेको छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको सुख शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको विशेष महत्व रहेको छ ।
यसैबिच हरितालिका तीजको उपलक्ष्यमा व्रत बसेका व्रतालु नारीहरू भगवान शिवको पूजाआजा एवम् दर्शनका लागि बिहिबार बिहानैदेखि पशुपति मन्दिर परिसरमा भेला भएका छन् ।
मन्दिरमा आउने व्रतालु महिलालाई व्यवस्थित ढङ्गले दर्शन गराउन तीनतिरबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पहिलो लाइन वनकाली चार शिवालय पञ्चदेवलपूर्व बज्रघर दक्षिणढोकासम्मको लाइनलाई चौसट्ठी र वत्सलेश्वरी आर्यघाटतर्फ एक÷एक लाइन गरी मन्दिर प्रवेशको व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
अर्को लाइन जयवागेश्वरी भुवनेश्वरी फलामेपुल पश्चिम सानोढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ । त्यसैगरी तेस्रो लाइन मित्रपार्क गौरीघाट उमाकुण्ड दक्षिणामूर्ति रुद्रगाडेश्वर वासुकीबाट मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।
तीनवटै लाइन लामो भएपनि आधा घण्टाभित्र दर्शनार्थीले पूजा एवम् दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको हरितालिका तीज व्यवस्थापन समितिका संयोजक एवम् कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ