News Category 2071/05/13
सप्तरीमा ग्यासको अभावस“गै व्यापक कलोबजारी
शुभ नारायण यादव
राजविराज, १२ भदौ ।
विगत केहि दिनदेखी पूर्वपश्चिम राजमार्ग अन्तरगत धनुषा महोत्तरी सिमा छुट्टयाउने रातु पुल भाँसिएपछि सप्तरी सहित तराईका जिल्लाहरुमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभावसँगै ब्यापक कालोबजारी शुरु भएको छ ।
पुल भाँसिएपछि राजमार्ग अवरुद्ध हुदा ग्यास सिलिण्डरको आपुर्ती ठप्प भएको भन्दै ग्यास विक्रेताहरुले एक हजार ४ सय ५० पर्ने प्रति सिलिण्डर दुई हजारदेखि बाइस सय सम्ममा बिक्रि गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजका अधिकांश ग्यास बिक्रेताहरुले बाह्यरुपमा आफूहरुसँग ग्यास सकिएको बताइ रहँदापनि लुकिछिपि चर्को मूल्यमा बिक्री गरिरहेको पाइएको छ ।
ग्यास सकिएपछि राजविराजस्थित एक ग्यास बिक्रेताबाट दुई हजार ३ सय तिरेर एउटा सिलिण्डर खरिद गरेको एक उपभोक्ताले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । स्थानीय बजारमा पछिल्लो दुई साता देखि ग्यास आपुर्ती ठप्प रहेको भन्दै ग्यासको अभाव रहेको भन्ने विक्रेताहरुले वास्तविक मूल्य भन्दा धेरै लिएर बिक्रि वितरण गर्ने गरेका छन् ।
ग्यास सिलिण्डर व्यापक रुपमा कालोबजारी भइरहदा पनि स्थानीय प्रशासनले कुनै अनुगमन गर्ने तर्फ ध्यान दिन सकेको छैन् । स्थानीय प्रशासनले अनुगमन नगर्दा सप्तरीको सदरमुकाम राजविराजमा ग्यासको ब्यापक कालोबजारी भईरहेका कारण आम उपभोक्ताहरु चर्को मारमा परेको उपभोक्ता अनिल कर्णको भनाई छ ।
ग्यासको किन अभाव भएको सम्बन्धमा स्थानीय ग्यास बिक्रेताहरुले धनुषा–महोत्तरी सिमामा रहेको रातुपुल भासिएपछि ग्यास आपुर्ती हुन नसक्दा स्थानीय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बताएका छन ।
त्यस्तै पुल भासिनु पूर्व भारतको बरौनी स्थित प्लान्टमा ग्यासमा लेदो भेटिएपछि नेपाल आउने ग्यासको ट्यांक (बुलेट) एक साताका लगि रोकिएको र बरौनी प्लान्ट सुचारु भएपछि पुल भासिएको कारण ग्यास आपुर्ती बन्द भएको ग्यास बिक्रेताहरुको कथन रहेको छ ।
यसैबिच सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले ग्यासमा कलोबजारी गर्ने बिक्रेतालाई कारबाही गरिने बताउँनुभयो । कुनै ग्यास बिक्रेताले वास्तविक मूल्य भन्दा धेरै लिएको गुनासो आफूहरु समक्ष आए त्यस्ता बिक्रेतालाई जरिवाना गरिने प्रजिअ यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ