News Category 2071/05/13
सप्तरीमा ग्यासको अभावस“गै व्यापक कलोबजारी
शुभ नारायण यादव
राजविराज, १२ भदौ ।
विगत केहि दिनदेखी पूर्वपश्चिम राजमार्ग अन्तरगत धनुषा महोत्तरी सिमा छुट्टयाउने रातु पुल भाँसिएपछि सप्तरी सहित तराईका जिल्लाहरुमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभावसँगै ब्यापक कालोबजारी शुरु भएको छ ।
पुल भाँसिएपछि राजमार्ग अवरुद्ध हुदा ग्यास सिलिण्डरको आपुर्ती ठप्प भएको भन्दै ग्यास विक्रेताहरुले एक हजार ४ सय ५० पर्ने प्रति सिलिण्डर दुई हजारदेखि बाइस सय सम्ममा बिक्रि गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजका अधिकांश ग्यास बिक्रेताहरुले बाह्यरुपमा आफूहरुसँग ग्यास सकिएको बताइ रहँदापनि लुकिछिपि चर्को मूल्यमा बिक्री गरिरहेको पाइएको छ ।
ग्यास सकिएपछि राजविराजस्थित एक ग्यास बिक्रेताबाट दुई हजार ३ सय तिरेर एउटा सिलिण्डर खरिद गरेको एक उपभोक्ताले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । स्थानीय बजारमा पछिल्लो दुई साता देखि ग्यास आपुर्ती ठप्प रहेको भन्दै ग्यासको अभाव रहेको भन्ने विक्रेताहरुले वास्तविक मूल्य भन्दा धेरै लिएर बिक्रि वितरण गर्ने गरेका छन् ।
ग्यास सिलिण्डर व्यापक रुपमा कालोबजारी भइरहदा पनि स्थानीय प्रशासनले कुनै अनुगमन गर्ने तर्फ ध्यान दिन सकेको छैन् । स्थानीय प्रशासनले अनुगमन नगर्दा सप्तरीको सदरमुकाम राजविराजमा ग्यासको ब्यापक कालोबजारी भईरहेका कारण आम उपभोक्ताहरु चर्को मारमा परेको उपभोक्ता अनिल कर्णको भनाई छ ।
ग्यासको किन अभाव भएको सम्बन्धमा स्थानीय ग्यास बिक्रेताहरुले धनुषा–महोत्तरी सिमामा रहेको रातुपुल भासिएपछि ग्यास आपुर्ती हुन नसक्दा स्थानीय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बताएका छन ।
त्यस्तै पुल भासिनु पूर्व भारतको बरौनी स्थित प्लान्टमा ग्यासमा लेदो भेटिएपछि नेपाल आउने ग्यासको ट्यांक (बुलेट) एक साताका लगि रोकिएको र बरौनी प्लान्ट सुचारु भएपछि पुल भासिएको कारण ग्यास आपुर्ती बन्द भएको ग्यास बिक्रेताहरुको कथन रहेको छ ।
यसैबिच सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले ग्यासमा कलोबजारी गर्ने बिक्रेतालाई कारबाही गरिने बताउँनुभयो । कुनै ग्यास बिक्रेताले वास्तविक मूल्य भन्दा धेरै लिएको गुनासो आफूहरु समक्ष आए त्यस्ता बिक्रेतालाई जरिवाना गरिने प्रजिअ यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ