News Category 2078/07/29
सप्तरीले धनुषालाई पराजित ग¥यो
दैनिक समाचारदाता
राजबिराज, २९ कात्ति ।
रौतहटमा जारी प्रदेश २ स्तरिय वाईवाई यु १९ एकदिवसिय क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सोमबार सप्तरीले धनुषालाई २६ रनले पराजित गरेको छ ।
रौतहटको राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० बिकेट गुमाई १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा पप्पु यादब २८ रन, अजय यादब १८ अविजित बिवेक यादब १२ रन जोडेका थिए । बलिँगतर्फ धनुषाका रूपेश यादब ३ बिकेट, श्यामन राय २ तथा रोहन यादबर अभिजित १÷१ बिकेट हात पारेका थिए ।
प्रतिउत्तरमा धनुषाले २९ ओभर ६ वलमा सबै बिकेट गुमाई ९९ रन मै सिमित भएपछि सप्तरीले २६ रनले जित हात पारेको हो । टिमका लागि धनुषाका मनोज यादब १३ रूपेश यादब १२ र श्यामन यादब १० रन जोडेका थिए । सप्तरीका बिवेक यादबले घातक बलिँग गर्दै ६ ओभरमा २८ रन खर्चे ६ बिकेट लिएका थिए भने नितेश यादब र अजय यादबले समान २÷२ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच सप्तरी टिम राष्ट्रिय खेलाडी बिवेक यादब म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट सँघ सदस्य बिरेन्द्र यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ