News Category 2078/08/06
विवेकको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
रौतहटमा जारी यु १९ क्रिकेट छनोट क्रिकेट प्रतियोगितामा विवेक यादवको उत्कृष्ट प्रदर्शनले सप्तरी फाइनलमा स्थान बनाउन सफल भएको छ ।
सोमबार सम्पन्न सेमिफाइनल खेलमा सिरहालाई ८ बिकेटले पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको छ ।
सो खेलमा सिरहाले टस जितेर निर्धारित ३५ ओभरको खेलमा ३३ ओभरमा १० बिकेट गुमाई १ सय ३१ रनको योगफल खडा गरेको थियो । जसमा सुभमन घटराज ३६ रन, कमरूदिन २१ रन र कृष्णा गुप्ताले १७ रन जोडेका थिए ।
यता बलिङतर्फ सप्तरीका नितेश यादब ३ बिकेट, अजय यादब र अभिषेक कार्की २÷२ तथा बिवेक यादब र पप्पु यादब १÷१ बिकेट हात पारे ।
प्रतिउत्तरमा सप्तरी यु १९ टिमले १७ ओभर १ बल खेल्दै सो लक्ष्य प्राप्त गरि बिजयी भयो । जसमा बिबेक यादबले उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ७ छक्का र ३ चौकाको मदतले अविजित ६४ रन बनाएका थिए । यस्तै आशिष झाले अविजित २२ रन बनाएका थिए भने अमित मण्डलले १२ रन जोडे ।
यस्तै सिरहाका बलर मनोज यादबले १ बिकेट हात पारे पनि अरू कुनै पनि खेलाडी बिकेट हात पार्न सकेनन् । खेलको म्यान अफ दि म्याच सप्तरीका बिबेक यादब घोषित भए ।
प्रतियोगिता अन्तरगत मंगलबार फाइनल खेलमा सप्तरीले रौतहटसँग खेल्ने सप्तरी क्रिकेट सँघका सदस्य बिरेन्द्र यादबले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ