News Category 2078/08/21
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको संस्थापन पक्ष र एकमा संस्थापन इतर
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सप्तरीको चार वटा क्षेत्र मध्ये तीन वटामा संस्थापन पक्ष र एउटामा संस्थापन इतरपक्षको प्यानल विजयी भएको छ ।
मंगलवार घोषित अन्तिम मतपरिणाम अनुसार जिल्लाको क्षेत्र नं. ४ को सभापतीमा संस्थापन इतर पक्षका सिताराम साह प्यानलसहित निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधीमा समेत साह समुहकै सवै उ्रम्मेदवार निर्वाचि भए ।
काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनका अनुसार क्षेत्रिय सभापतीमा साहले ३ सय ४ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका किरण भगतले २ सय ५९ मत मात्र प्राप्त गरे ।
उक्त क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षबीच विवादका कारण अधिवेशन रोकिएको थियो । विवाद समाधान भएपछि सोमवार निर्वाचन गराइएको थियो ।
यता चार निर्वाचन क्षेत्र रहेको जिल्लाका तीन क्षेत्रमा यस अघि नै अधिवेशन सम्पन्न भईसकेको छ । उक्त तीन वटै क्षेत्रमा भने संस्थापन पक्षका सभापती निर्वाचित भएका छन् ।
सप्तरीको जिल्ला अधिवेशन भने केन्द्रिय महाधिवेशन पछि गरिने तय भएको जिल्ला निर्वाचन अधिकारी डा.रुद्र प्रसाद शर्माले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ