News Category 2078/09/26
इट्टाभट्टाको पर्खाल भत्किदा एक महिला कामदारको मृत्यु, दुई जना घाइते
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौतास्थित बिशाल इट्टा उद्योगमा इट्टाको चाङ्ग लगाउने क्रममा छेउमै रहेको पर्खाल भत्किदा एक महिला कामदारको मृत्यु भएको छ भने दुई जना कामदार घाइते भएका छन् ।
भत्केको पर्खालले च्यापिएर सोही वडा निवासी ५० वर्षिया जतरीदेवी सरदारको मृत्यु भएको हो । गम्भिर अवस्थामा उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा पु¥याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उक्त घटनामा सोही इट्टाभट्टामा कामदार रहेका सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ का ५० वर्षिय मंगल सदा र भारत उत्तरप्रदेश रायबरेलीका ४० वर्षिय रमेश कुमार लाउदी गम्भिर घाइते भएका छन् ।
दुबै जनाको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ