News Category 2078/10/29
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना
राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित प्रहरी चौकी अगाडी शनिबार बिहानैदेखी स्थानियहरु धर्ना दिँदै प्रदर्शनमा उत्रिएका छन् ।
कुटपिटमा संलग्नलाई पक्राउ गरि कारवाहीको माग गर्दै उनीहरु धर्ना र प्रदर्शनमा उत्रिएका हुन् । स्थानियहरुले प्रहरी प्रशासनबिरुद्ध नाराबाजी गर्दै कोइलाडी बरसाइन प्रहरी चौकी अगाडी टायर बालेर प्रदर्शन गरेका छन् ।
शुक्रबार सो गाउँपालिका ४ का वडा सदस्य दिनेश सिंहको घरमा आयोजित भोजमा सहभागि हुन आएका केही युवाहरुले गाई चराउँदै गरेकी स्थानिय एक किशोरीलाई कुटपिट गरेको स्थानिय एवं जसपा मधेश प्रदेश समितिका सदस्य सुरजित सिंह गुडुले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलमा रहेका ती यूवाहरुले गाईलाई ठक्कर दिएपछि किशोरीले प्रतिबाद गर्दा कुटिएकी हुन् । कुटपिटबाट उनको ओठ फुटेको छ । उनले कुटपिटमा केही भारतीय यूवा समेत संलग्न रहेको बताइन् । सो घटना बारे जानकारी पाएपछि गाउँबाट किशोरीका आफन्तसहित पुगेकाहरुमाथी समेत ती यूवाहरुले आक्रमण गरेका थिए ।
यूवाहरुको आक्रमणबाट सोही वडाका धमेन्द्र मण्डल, अमित मण्डल र रिंकु मण्डल घाइते भएका छन् । टाउँको फुटेका तीनै जनाको राजविराजस्थित छिन्नमस्ता अस्तालमा उपचार भइरहेको छ ।
यता घटनामा संलग्न मध्येका ६ जनालाई प्रहरीले शुक्रबारै साँझ पक्राउ गरेपनि तीनजनालाई शनिबार बिहान छाडेपछि स्थानियवासी आक्रोसित भई आन्दोलनमा उत्रेका छन् ।
उनीहरुले कुटपिटमा संलग्नलाई छाडेको भन्दै पुनः पक्राउ गर्न, कोइलाडी बरसाइन प्रहरी चौकीका जिम्मेवार प्रहरी अधिकारीलाई अन्यत्र सरुवा तथा सांघातिक आक्रमण गर्नेहरुमाथी ज्यान मार्ने उद्योग शिर्षक अन्तरगत मुद्दा चलाउन माग गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले उक्त घटना दुई पक्षबीच भएको झडपका कारण भएको बताउँदै कुटपिटमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ