News Category 2078/11/01
लागुऔषधसहित पक्राउ परेकालाई अवरोधका बीच ल्याइयो
दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
केही स्थानियको अवरोधका बीच लागुऔषधसहित फेला परेका एक युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका १ झुटकीका २४ वर्षिय शिवशंकर यादवलाई प्रहरीले पक्राउ गर्न खोज्दा शनिबार राती स्थानियहरुले अवरोध गरेका थिए ।
प्रहरीलाई अवरोध गरेको खबर आएपछि राती नै थप प्रहरी पठाई यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनले अपराधीलाई कसैले पनि संरक्षण र प्रोत्साहन नगर्न आग्रह समेत गरेका छन् ।
विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाइ राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो ।
पक्राउ परेका यादवलाई आइतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिए पनि मधेश प्रदेशमा बिदा परेका कारण सोमबार मात्र उपस्थित गराउने डिएसपी काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ