News Category 2078/11/02
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल
दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
नेपाली काँग्रेस सप्तरीले आउँदो स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारेमा सोमबार बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी कार्यालयमा सोमबार आयोजित छलफलमा पार्टीलाई कसरी बिजयी गराउने तथा पार्टी नेतृत्वमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयन गर्ने विषयमा बृहत छलफल गरिएको हो ।
नेपाली काँग्रेस नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति महानन्द यादवले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीलाई सम्मानजनक जित दिलाउन सबै एकढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिदै पार्टीको आगामी जिल्ला अधिवेशनमा सकेसम्म निर्विवाद रुपमा सक्षम नेतृत्व चयनको प्रयास गर्ने नभए निर्वाचनबाटै सक्षम र योग्यलाईं चयन गर्न सबै तयार हुनुपर्ने बताए ।
महाधिवेशन प्रतिनिधि राधेश्याम साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रवक्ता प्रभातकुमार ललन, महाधिवेशन प्रतिनिधी रणधिर कर्ण, प्रदिप यादव, नगरसमितिका उपाध्यक्षद्वय अनिल कुमार यादव, प्रमोद कुमार दास, यूवानेता सतिशचन्द्र झा, सबिर आजम, घनश्याम साह, भोगेन्द्र चौधरी, उमेश यादव, रामअवतार मण्डल लगायतले पनि काँग्रेसलाई आन्तरिक रुपमा बलियो बनाई स्थानिय तहको निर्वाचनमा होमिनु पर्नेमा जोड दिएका थिए ।
निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० मा तय गरेको छ भने काँग्रेसको जिल्ला अधिवेशन यही फागुन १३ गते गर्ने तिथि तय भएको छ ।
प्रदेश २ का सप्तरीसहित ८ र अन्य जिल्लाका ८ गरि १६ जिल्लामा विवादका कारण काँग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन् ।
यता अधिवेशन नजिकिएपछि सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षीहरुले सक्रियता बढाएका छन् । सभापति पदका लागि देउवा पक्षबाट शत्रुहन यादव, भगवती यादव, निर्मला यादव र रामप्रसाद मण्डलले दाबेदारी प्रस्तुत गरेका छन् ।
संस्थापन इतर पक्षका रामदेव साह, रामकुमार यादव, नारायण चौधरी र नन्दकिशोर यादवले पनि सभापति पदमा दाबेदारी दिने बताएका छन् । सभापति पदका लागि आकांक्षीको संख्या धेरै देखिएपछि सहमति र सर्वसम्मतीबाट नयाँ नेतृत्वको प्रयास समेत थालिएको तर, अहिलेसम्म सफलता नमिलेको प्रवक्ता ललनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ