News Category 2078/11/03
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष बिजेन्द्र प्रसाद देवले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र अखिल नेपाल ट्रेड युनियन महासंघसमेतलाई बोधार्थ गर्दै बुझाएको ध्यानाकर्षण पत्रमा पछिल्लो पटक बुझाइएको ज्ञापनपत्रप्रति नगरपालिकाले १५ दिनभित्र कारवाही गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म कुनै सुनुवाई नभएको भन्दै फागुन १० गतेदेखी संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
मजदुर संघले नगरको विभिन्न ठाउहरुमा स्टेण्ड कायम गर्न, राजविराज नगरक्षेत्रमा जताततै खुलेको फुटपाथ पसलहरुलाई व्यवस्थित गर्न, छाडा पशु चौपाया नियन्त्रण गर्न कान्जी हाउस संचालन, सडकका पेटीहरु गरिएको अतिक्रमणलाई खाली गराउन, घर निर्माणका लागि बाटोमै राखिएको सामाग्रिहरुका कारण आवतजावतमा कठिनाई भइरहेकोमा त्यसलाई खाली गराउन, बस पार्क संचालन गर्न, हटियास्थित निर्माण भइरहेको गिलेशनको समय सीमा भित्र निर्माण गर्न अटेर गरेका ठेकेदारमाथी कारवाही तथा राजविराजमा यातायत व्यवस्था कार्यालयको शाखा कार्यालय संचालन गर्न माग गरेको छ ।
सो मागहरु नगरपालिकाले कार्यान्वयन गर्न उदासिनता देखाएको भन्दै फागुन १० गते मसाल जुलुस प्रदर्शन, १२ गते राजविराज नगरपालिकामा धर्ना तथा १३, १४ र १५ गते नगर क्षेत्रमा पर्चा पम्प्लेट बितरण, नाराबाजी र भण्डाफोर अभियान गर्ने जनाइएको छ । त्यस्तै फागुन १६ गते पूर्णरुपमा सिटि रिक्सा, अटो रिक्सा हड्ताल गर्ने जस्ता संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ