News Category 2078/11/03
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
जिल्ला अध्यक्ष बिजेन्द्र प्रसाद देवले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र अखिल नेपाल ट्रेड युनियन महासंघसमेतलाई बोधार्थ गर्दै बुझाएको ध्यानाकर्षण पत्रमा पछिल्लो पटक बुझाइएको ज्ञापनपत्रप्रति नगरपालिकाले १५ दिनभित्र कारवाही गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म कुनै सुनुवाई नभएको भन्दै फागुन १० गतेदेखी संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
मजदुर संघले नगरको विभिन्न ठाउहरुमा स्टेण्ड कायम गर्न, राजविराज नगरक्षेत्रमा जताततै खुलेको फुटपाथ पसलहरुलाई व्यवस्थित गर्न, छाडा पशु चौपाया नियन्त्रण गर्न कान्जी हाउस संचालन, सडकका पेटीहरु गरिएको अतिक्रमणलाई खाली गराउन, घर निर्माणका लागि बाटोमै राखिएको सामाग्रिहरुका कारण आवतजावतमा कठिनाई भइरहेकोमा त्यसलाई खाली गराउन, बस पार्क संचालन गर्न, हटियास्थित निर्माण भइरहेको गिलेशनको समय सीमा भित्र निर्माण गर्न अटेर गरेका ठेकेदारमाथी कारवाही तथा राजविराजमा यातायत व्यवस्था कार्यालयको शाखा कार्यालय संचालन गर्न माग गरेको छ ।
सो मागहरु नगरपालिकाले कार्यान्वयन गर्न उदासिनता देखाएको भन्दै फागुन १० गते मसाल जुलुस प्रदर्शन, १२ गते राजविराज नगरपालिकामा धर्ना तथा १३, १४ र १५ गते नगर क्षेत्रमा पर्चा पम्प्लेट बितरण, नाराबाजी र भण्डाफोर अभियान गर्ने जनाइएको छ । त्यस्तै फागुन १६ गते पूर्णरुपमा सिटि रिक्सा, अटो रिक्सा हड्ताल गर्ने जस्ता संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ