News Category 2078/11/03
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
एक महिलालाई बोक्सीको आरोपमा कुटपीट गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका २ का रामविलास यादव रहेका छन् । ११ वर्षअघि उनले आफ्नो छिमेकी सरस्वती देवी खंगलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । घट्ना लगत्तै फरार भएका उनी घरमै लुकी वसेको गोप्य सुचना आएपछि खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले सोमवार राती यादवलाई घरबाटै पक्राउ गरि मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराए पश्चात् कैद भुक्तानका लागी राजविराज कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बोक्सी भन्दै कुटपीट गरेको आरोपमा चलाइएको मुद्दा उपर सुनवाई गर्दै २०६७ माघ १८ गते सप्तरी जिल्ला अदालत र २०७१ साल मंसिर २९ गते तत्कालिन पुनरावेदन अदालत राजविराजले यादवलाई तिन महिना कैद र १० हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।
बोक्सा वा बोक्सीको आरोप लगाउने, कुटपीट गर्ने वा कुनै अमानविय व्यवहार गर्नेलाई तीन महिना देखि २ वर्ष सम्म कैद वा ५ हजार देखी २५ हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ