News Category 2078/11/03
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
एक महिलालाई बोक्सीको आरोपमा कुटपीट गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका २ का रामविलास यादव रहेका छन् । ११ वर्षअघि उनले आफ्नो छिमेकी सरस्वती देवी खंगलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । घट्ना लगत्तै फरार भएका उनी घरमै लुकी वसेको गोप्य सुचना आएपछि खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले सोमवार राती यादवलाई घरबाटै पक्राउ गरि मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराए पश्चात् कैद भुक्तानका लागी राजविराज कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बोक्सी भन्दै कुटपीट गरेको आरोपमा चलाइएको मुद्दा उपर सुनवाई गर्दै २०६७ माघ १८ गते सप्तरी जिल्ला अदालत र २०७१ साल मंसिर २९ गते तत्कालिन पुनरावेदन अदालत राजविराजले यादवलाई तिन महिना कैद र १० हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।
बोक्सा वा बोक्सीको आरोप लगाउने, कुटपीट गर्ने वा कुनै अमानविय व्यवहार गर्नेलाई तीन महिना देखि २ वर्ष सम्म कैद वा ५ हजार देखी २५ हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ