News Category 2078/11/04
आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ मा साँढे आतंकबाट पीडित भएको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीयले संयुक्त हस्ताक्षर गरेर वडाअध्यक्ष इब्राहिम मंसुरी मार्फत बुधवार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन पत्र मार्फत आतंक मचाउने साँढेलाई स्थानान्तरण गरिदिनु पर्ने माग गरिएको छ । उनले स्थानीयवासीको पीडालाई बुझी आफुले उक्त साँढेको उचित व्यवस्थापनका लागी पहल गर्ने आश्वासन दिएका थिए ।
उनले तत्कालै पशु कार्यालय,प्रहरी,स्थानीय तहका प्रमुख र कोशी टप्पु बन्य जन्तु आरक्ष प्रशासनका प्रमुखसंग फोन सम्पर्क गरी उक्त साँढेलाई कसरी व्यवस्थापन गर्ने बारे छलफल गरेका छन् ।
वडाअध्यक्ष मंसुरीले विगत केही दिन यता गाउँमा कृषिजन्य वस्तु, खाद्यान्य, नगदेबाली र फलफुल सखाप गरिदिने गरेको साँढेले हाल कतिपय सर्वसाधारणमाथी आक्रमण गर्दै घाईते समेत बनाउन थालेपछि बाली र वडावासीलाई जोगाउन प्रजिअसँग सहयोग माग्न आएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ