News Category 2078/11/12

ब्राउन सुगरसहित दुई पक्राउ

दैनिक समाचारदाता

ब्राउन सुगरसहित दुई पक्राउ

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
    सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । 
    पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ का २६ वर्षिय सुमित चौधरी र चौदण्डि नगरपालिका ८ का ३४ वर्षिय विद्यानन्द चौधरी रहेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधप्रसाद काफ्लेका अनुसार सप्तकोशी नगरपालिका अन्तरगत कंचनपुर–फत्तेपुर सडकखण्डबाट प्रदेश १–०५–००१ प.४५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर जस्तो देखिने बस्तु फेला परेको हो । 
    पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थपि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस