News Category 2078/12/20
जसपा अध्यक्ष र मन्त्रीले एकै दिन गरे चार सडकको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एकै दिन सप्तरीका चार वटा सडकको शिलान्यास गरेका छन् ।
आइतबार छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको शिलान्यास कार्यक्रममा दुबै जनाले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन । राजविराज–दिघवा–बिरौल–झल्ही फर्सैठ–सिंगियोन–तिलाठी, चट्टी टोल–लोखरम–लालापट्टी, महदेवा–पकरी–तोपा–राजविराज र भारदह–डाढा–पकरी–राजविराज दुई लेन सडकको संयुक्त रुपमा शिलान्यास गरिएको हो ।
चारवटै सडकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक अर्ब भन्दा बढी रकम बिनियोजन गरेको जानकारी दिइएको छ । टेन्डर प्रक्रिया सकिएको उक्त सडकहरुको निर्माण अवधी २४ महिना तोकिएको छ ।
शिलान्यास समारोहको अवसरमा जसपा अध्यक्ष यादवले चारवटै सडक निर्माण कार्य समयमै सम्पन्न भएपछि यहाँको विकासले गति लिने विश्वास व्यक्त गरे । उनले वर्षौदेखी उपेक्षित र विभेदको शिकार हुँदै अँएका मधेशी, आदिवासी, जनजाती, मुश्लिम लगायतका पिछडिएका वर्गका लागि सडक, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था हुनुपर्नेमा जोड दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले सडक निर्माण विकासको पूर्वाधार समेत रहेको भन्दै हाल शिलान्यास गरिएका सडक निर्माण कार्य पुरा भएपछि जिल्लाका गाउँ गाउँमा समेत विकासले गति लिने उल्लेख गरे ।
उनले गजेन्द्र नारायण सिंह अस्पतालमा चार सय शैयाको बिस्तारसँगै नवनिर्मित नर्सिङ कलेजबाट आगामी शैक्षिक सत्रदेखी पठनपाठनको व्यवस्था समेत सूचारु हुने जानकारी पनि दिए । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सडक, शिक्षा र स्वास्थ्य मुख्य तीन विषयनै कुनै पनि मुलुकको विकासको आधार हुने भएकाले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताईन् । उनले सडकहरुको बिस्तारले जिल्लाको कारोबार बढ्न गई आर्थिक चहलपहल समेत बढ्ने र जिल्लाको समग्र विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रदेशसभा सदस्य मनिष सुमनको सहभागिता रहेको उक्त कार्यक्रममा जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिकाकी उपप्रमुख सरिता यादव, जिल्ला अध्यक्ष केदार यादव लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ