News Category 2079/01/07
घर अगाडी धर्ना बसेकी ब्युटिलाई अदालतको आदेशमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
घर अगाडी नै धर्ना बसेकी राजविराज नगरपालिका वडा नं. ६ निवासी विपिन झाकी २२ वर्षिया पत्नी ब्युटिलाई अदालतको आदेशपछि घरमा प्रवेश गराइएको छ ।
घरेलु हिंसामा परेकी ब्युटिलाई मंगलवार राती प्रहरी, महिला अधिकारवादी तथा स्थानीय भरभलादमी समेतको पहलमा गृह प्रवेश गराइएको हो ।
भारत विहार राज्यको अररिया माईती रहेकि ब्युटी संग बिपिनको २०७७ मंसिर २६ गते विवाह भएको थियो । केही दिन पछि परिवारका सदस्यसँग परेको खटपटका कारण उनलाई घर निकाला गरेपछि न्यायका लागी ब्युटिले सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुदा दर्ता गरेकी थिइन ।
उनलाई अधिवक्ता किरण कुमारी साहले निशुल्क कानुनी सहायता उपलब्ध गराएकी छिन् । उक्त मुद्दा उपर सुनवाई गर्दै न्यायधिश प्रमेश पोखरेलको एकल इजलासले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षणात्मक आदेश जारी गरेपछि उनलाई घर प्रवेश गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले बताए ।
घर प्रवेशका लागी व्यवस्था मिलाउन अधिकारकर्मी, स्थानीय भरभलादमी तथा प्रहरी आउन लागेको थाह पाएपछि ब्युटिका ससुरा बासुदेव झा, सासु शान्ति देवी, देवर विकास लगायत परिवारका सदस्यले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर वसेका थिए । ताल्चा खोल्नका लागी २ घण्टा ब्युटि घर बाहिर धर्ना वसेपछि ठुलो संख्यामा सर्वसाधारणको घुईचो लागेको थियो । धर्ना वस्दा पनि ढोका नखोलेपछि बाहिरबाट सिढी लगाएर ब्युटिलाई घरको कम्पाउण्ड भित्र छिराइएको थियो ।
दुबै पक्षलाइ केहि समय जिल्ला प्रहरी कार्यालयमा छलफलका लागी राखेर राती ब्युटिलाई सुरक्षित साथ राख्ने भनी ससुरा वासुदेवलाई कबुल गराएर प्रहरी समेतको सहयोगमा ब्युटिलाई गृह प्रवेश गराउँदै कोठामा ल्याइएको थियो ।
आफुलाइ थप दाइजो ल्याउन दबाव दिएर कुटपिट गर्ने गरेको र तीन महिनाको गर्भपतन समेत गराएको ब्युटिले आरोप लगाएकी छिन् । देवर विकासले आफुमाथी बलात्कारको प्रयास सम्म गरेको उनको भनाई छ ।
ब्युटिका पिता विजय झाले सुरक्षितरुपमा छोरीलाई घरमा वस्न पाउने व्यवस्थाका लागी सवैसंग याचना गरेका छन् । उनले छोरीको विहेमा जग्गा बेचेर १५ लाख नगद र १० तोला सुनको गरगहना विपिनका परिवारले दाईजो स्वरुप लिएको दाबी पनि गरेका छन् । ब्युटिका ससुरा वासुदेव हालै बन कार्यालयका अधिकृत पदबाट सेवा निवृत्त भएका हुन भने सासु शान्ति देवी बालमन्दिर राजविराजका प्रधानाध्यापक एवं मैथिली महिला परिषद सप्तरीकी अध्यक्ष हुन् ।
ब्युटिलाई निशुल्क कानुनी सहायता उपलब्ध गराइए रहेकी काुनन व्यवसायी अधिवक्ता किरण कुमारी साहले यो घट्ना महिला हिंसाको पराकाष्ठा भएको बताएकी छिन । उनले पीडित महिला ब्युटिसित कान्छि छोरीको विवाहका लागी भन्दै सासु ससुराले १२ लाख रुपैया थप दाईजोस्वरुप माग गरेको बताइन । ब्युटिले असर्मथता जनाएपछि यातना दिई घर निकाला गरिएको उनको भनाई छ ।
उनले घरेलु हिंसा २०६६ को संरक्षणात्मक आदेशको तहत ब्युटिले सुरक्षितरुपमा घरमा वस्न, खान, लगाउन पाउने गरी अदालतको आदेश भएको बताईन । ब्युटिका पति विपिनले सो आरोप निराधार रहेको दाबी गरेका छन् । फोन स्म्पर्क गर्दा हाल आफु काठमाण्डुमा रहेको बताएका उनले आफु पत्नी ब्युटिबाटै असुरक्षित रहेको बताएका छन् ।
उनले अहिले तत्कालै घर फर्किने माहोल नभएकाले २÷३ दिन पछि आएर कुरा गर्ने बताए । उनले दाईजो माग गरेको भनी ब्युटिद्वारा लगाइएको आरोपमा पनि सत्यता नरहेको दाबी गरेका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जनप्रतिनीधी तथा दुबै पक्षका व्यक्ति राखेर अदालतको आदेश अनुसार ब्युटिलाई सुरक्षित साथ वस्ने गरी गृह प्रवेश गराइएको बताए । उनले दुबै पक्षबीच देखिएको आन्तरिक विवाद आपसी सहमतिमै टुङ्गयाउने प्रयास गरिरहेकोमा सो प्रयास असफल भए कानुन बमोजिम अघि बढ्ने जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ