News Category 2079/01/26
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि सूचनामा मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध समेत लागाइएको उल्लेख छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको तथा निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने सूचनामा जनाइएको छ ।
जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ भने अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह पनि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ